Trending
Prev Story
Next Story

‘भोलि म कतै त्यो समाचारको पात्र बन्न सक्छु’

Onlinekhabar •
November 08, 2026 • 11:00 AM
1
1 reads 0 reactions

खै, अचेल समचार सुनेर र देखेर, म आफैँ अचम्मित हुने गरेको छु । कुन सत्य, कुन झूठ ? छुट्याउने तराजुमै कैफियत भेट्ने गरेको छु । तरकारी र खाध्यान्नमा भन्दा बढी विषादी सञ्जालमा पाउँछु । समाचारको ओबरडोजले थाहै नपाई …

‘भोलि म कतै त्यो समाचारको पात्र बन्न सक्छु’

खै, अचेल समचार सुनेर र देखेर, म आफैँ अचम्मित हुने गरेको छु । कुन सत्य, कुन झूठ ? छुट्याउने तराजुमै कैफियत भेट्ने गरेको छु । तरकारी र खाध्यान्नमा भन्दा बढी विषादी सञ्जालमा पाउँछु । समाचारको ओबरडोजले थाहै नपाई मानसिक तनावमा डुब्दै छु ।

मोबाइल बिना बाँच्नै नसक्ने म, छिन छिनमा स्पर्श गरिरहन्छु । राज्यको अंङ्गहरूका च्याट बाहिरिँदा म आफैँ चकित पर्छु । सत्य हो कि कपोलकल्पित,म नाथेले कसरी छुट्याउन सक्छु ? न्याय, शान्ति र राज्यप्रतिको भरोसा गुम्दा हरेक राष्ट्रको शिर झुकेको पाउँछु।

मनिटाइजेसन भन्ने शब्दले हरेकलाई दिग्भ्रमित पारेको महसुस गर्छु । सेटिङ, पहुँच र लेनदेनको व्यापार संसार भरि मौलाएको देख्छु । महङ्गी, देखासिकी, बेरोजगारी र सञ्जालबाट पीडित भएका धेरै मानिसहरू भेट्छु । अब त बोल्दा, लेख्दा र फोटो खिच्दा पनि बिचार गरौं साथी, ‘भोलि म कतै त्यो समाचारको पात्र बन्न सक्छु ।’

Prev Swipe Story Next

Related Stories

Business & Economy
Build #2611