काठमाडौँ – हिन्दु परम्परा र आयुर्वेद चिकित्सा विज्ञानमा भगवान् धनवन्तरीको ठूलो महिमा छ। कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिका दिन मनाइने धनवन्तरी जयन्तीलाई आयुर्वेदका प्रवर्तक एवं स्वास्थ्यका देवताको जन्मोत्सवको रूपमा श्रद्धापूर्वक मनाइन्छ। यस दिनलाई राष्ट्रिय आयुर्वेद दिवसका रूपमा समेत मनाउने गरिएको छ।
पुराणका अनुसार, देव र दानवबीच भएको समुद्र मन्थनका क्रममा कार्तिक कृष्ण त्रयोदशीका दिन भगवान् धनवन्तरी प्रकट भएका थिए। उनको एक हातमा अमृतले भरिएको कलश र अर्को हातमा आयुर्वेद ग्रन्थ तथा जडीबुटी रहेको विश्वास गरिन्छ। उनी सृष्टिका पहिलो चिकित्सक हुन्, जसले मानव कल्याणका लागि आयुर्वेद चिकित्सा पद्धतिको विकास र प्रचारप्रसार गरेका थिए।
Read full story at source ( khabarhub.com )