Trending
Prev Story
Next Story

मधेस प्रदेश सरकारबाट बाहिरियो नेकपा

Ekantipur •
November 06, 2026 • 02:31 PM
1
1 reads 0 reactions

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई नेकपाका नेता जवाहरलाल कुशवाहाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चारजना मन्त्रीले राजीनामा दिएको पत्र बुझाएका हुन् ।

मधेस प्रदेश सरकारबाट बाहिरियो नेकपा

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई नेकपाका नेता जवाहरलाल कुशवाहाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चारजना मन्त्रीले राजीनामा दिएको पत्र बुझाएका हुन् ।

जनकपुरधाम — मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट मन्त्री भएका ४ मन्त्रीले राजीनामा दिएका छन् ।

मधेस प्रदेश सरकारमा सहभागी अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहाले शुक्रबार सामूहिक राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई नेकपाका नेता कुशवाहाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चारजना मन्त्रीले राजीनामा दिएको पत्र बुझाएका हुन् ।

यसअघि गत ३० असोजमा एमालेबाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । मधेस प्रदेशमा नयाँ सरकार गठनको कसरतसमेत सुरु भइसकेको छ ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
मधेस प्रदेश सरकारबाट बाहिरियाे नेकपा, चार मन्त्रीकाे सामूहिक राजीनामा

मधेस प्रदेश सरकारबाट बाहिरियाे नेकपा, चार मन्त्रीकाे सामूहिक राजीनामा

काठमाडाैँ। मधेस प्रदेशमा नेकपाका चार जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटन मन्त्री कनिष पटेल, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहा र...

#नेकपा #राजीना #मधेस
Compare →
Nagarik News
1w ago
‘राजनीतिक निकास दिन नेकपा सरकारबाट बाहिरिएको हो’

‘राजनीतिक निकास दिन नेकपा सरकारबाट बाहिरिएको हो’

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन्।

#नेकपा #राजीना #सरकारबाट
Compare →
Onlinekhabar
1w ago
मधेशमा नेकपाका चार जना मन्त्रीले दिए राजीनामा, सरकारबाट समर्थन फिर्ता

मधेशमा नेकपाका चार जना मन्त्रीले दिए राजीनामा, सरकारबाट समर्थन फिर्ता

२० कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा नेकपाका चार जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटन मन्त्री कनिष पटेल, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहा र गृहसञ्चार तथा कानुन मन्त्री …

#नेकपा #राजीना #सरकारबाट
Compare →

Related Stories

Politics & Governance
Build #2611