सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘घन्टी बजाउँदै हिँड्दै रवि दाइ हाई–हाई भन्दै लोकतन्त्र प्राप्त नभएको’ टिप्पणी गरेका छन्। लोकतन्त्र, स्वतन्त्र प्रेस र मानव अधिकार कसैको लोकप्रियताका कारण प्राप्त नभएको भन्दै उनले यसका लागि मानिसहरूले ज्यान गुमाएको र रगत बगाएको स्मरण गराए।
शुक्रबार एक कार्यक्रममा बोल्दै सभापति लामिछानेले लोकतन्त्र प्राप्तिका लागि बलिदान गर्नेहरूको योगदानको अवमूल्यन गर्ने अधिकार कसैलाई नभएको बताए। ‘आज यो मुलुकको लोकतन्त्र जसलाई हासिल गर्नका निम्ति हामीले सबैभन्दा कम योगदान दिएका हौँला। तर जसको जिउभरि आजसम्म गोलीका छर्राहरू छन्, जसले आफ्नो अंगभंग गर्नुभएको छ, आफन्तजन गुमाउनुभएको छ, शहीद भएका छन्। तिनको बलिदानलाई हामी खेर फाल्न दिँदैनौँ,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )