Trending
Prev Story
Next Story

मिश्रीको भ्रमणपछि संयुक्त वक्तव्य : द्विपक्षीय सहकार्यलाई मजबुत पार्ने प्रतिबद्धता

Onlinekhabar •
November 05, 2026 • 02:30 PM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहसहित विभिन्न मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् । त्यसक्रममा दुवै देशले समग्र द्विपक्षीय साझेदारीलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएका छन् । भ्रमणपछि …

मिश्रीको भ्रमणपछि संयुक्त वक्तव्य : द्विपक्षीय सहकार्यलाई मजबुत पार्ने प्रतिबद्धता

१९ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहसहित विभिन्न मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् ।

त्यसक्रममा दुवै देशले समग्र द्विपक्षीय साझेदारीलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

भ्रमणपछि जारी संयुक्त वक्तव्यमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको उल्लेख छ ।

नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री शाहसँग आज शिष्टाचार भेट गरेका थिए।

भेटका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना व्यक्त गरेका थिए। साथै, नेपाल–भारतबीच विभिन्न क्षेत्रमा भइरहेको सहकार्य र हालसम्मको प्रगतिबारे जानकारी गराउँदै नेपाली प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा अघि बढाउन सकिने पहल तथा सम्भावित उपलब्धिबारे छलफल गरेको संयुक्त वक्तव्यमा छ ।

भ्रमणका क्रममा मिश्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

यसैगरी, नेपालका परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिश्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो।

वार्तामा द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रको समीक्षा गर्दै नेपाल र भारतबीचको पारस्परिक लाभदायी साझेदारीलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ।

मिश्रीले नेपाल–भारत संसदीय मैत्री समूहका सदस्य तथा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यसहितका सांसदहरूसँग पनि अन्तर्क्रिया गरेका थिए।

भेटवार्ताका क्रममा नेपाली नेतृत्वले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारतले तत्काल उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरेको विज्ञप्तिमा जनाइएको छ।

दुवै पक्षले पछिल्लो समय द्विपक्षीय सहकार्यका परम्परागत क्षेत्रहरूमा बढ्दै गएको संलग्नताप्रति सन्तुष्टि व्यक्त गरेका छन्।

व्यापार तथा वाणिज्य, विकास साझेदारी, जलविद्युत्, भौतिक सम्पर्क सञ्जाल, सीमा व्यवस्थापन, ऊर्जा र जनस्तरको सम्बन्धलाई थप विस्तार गर्ने विषयमा जोड दिइएको उल्लेख छ ।

त्यस्तै, स्टार्टअप, डिजिटल कनेक्टिभिटी, एआई र खेलकुदजस्ता नयाँ क्षेत्रमा समेत सहकार्यका सम्भावनाबारे छलफल भएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2d ago
परराष्ट्रमन्त्री र फिनल्यान्डका मन्त्रीबीच द्विपक्षीय भेट, जलवायु सहकार्यमा छलफल

परराष्ट्रमन्त्री र फिनल्यान्डका मन्त्रीबीच द्विपक्षीय भेट, जलवायु सहकार्यमा छलफल

अन्ताल्या (टर्किए)- परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

#द्विपक्षीय #सहकार्य
Compare →

Related Stories

Politics & Governance
Build #2611