रसुवा, १९ कात्तिक । रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालनमा रमाइरहेका छन । आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन्, गोसाइँकुण्ड गाउँपालिका–६ नागुङका ३४ वर्षीय पासाङ शेर्पा ।
तीन वर्ष मलेसियामा बिताएका पासाङले विदेशमा सोचेजस्तो आम्दानी गर्न नसकेपछि जन्मभूमि फर्केर पुर्ख्यौली पेसालाई व्यावसायिक बनाउने निर्णय गरे । हजुरबुबा र बुबाको पालादेखि हुँदै आएको चौँरी पालनलाई निरन्तरता दिने सोचसहित उनले परिवारको भागमा परेका १० वटा चौँरीबाट व्यवसाय सुरु गरे ।
Read full story at source ( reportersnepal.com )