Trending
Prev Story
Next Story

रिपब्लिकनलाई जिताउन कीर्तिमानी खर्च गरेका मस्कको व्यङ्ग्य

Nagarik News •
November 04, 2026 • 08:34 AM
1
1 reads 0 reactions

मध्यावधि चुनावमा रिपब्लिकन उम्मेदवारलाई जिताउन कीर्तिमानी रकम खर्च गरेका अमेरिकी अर्बपति एलन मस्कले पार्टीको पराजयपछि व्यङ्ग्य गरेका छन्।

रिपब्लिकनलाई जिताउन कीर्तिमानी खर्च गरेका मस्कको व्यङ्ग्य

मध्यावधि चुनावमा रिपब्लिकन उम्मेदवारलाई जिताउन कीर्तिमानी रकम खर्च गरेका अमेरिकी अर्बपति एलन मस्कले पार्टीको पराजयपछि व्यङ्ग्य गरेका छन्।

मस्कले यस चुनावमा अनुमानित ४४५ मिलियन अमेरिकी डलर खर्च गरेका थिए। यो रकमले उनलाई आधुनिक अमेरिकी राजनीतिक इतिहासकै सबैभन्दा ठुलो व्यक्तिगत दातामध्ये एक बनाएको छ। उनले बुधबार बिहान सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यसपटक चुनावमा हस्तक्षेप गर्ने मेरा अन्तरिक्ष लेजरहरूले काम गरेनन् जस्तो छ।’

मस्कले चुनावमा गरेको खर्चको तुलनामा त्यसको परिणाम भने निकै कमजोर देखिएको छ। विशेषगरी टेक्ससमा डेमोक्र्याटहरूले ठुलो सफलता हासिल गरेपछि उनको लगानीको प्रभावबारे प्रश्न उठेको छ। टेक्ससको गभर्नर पदको दौडमा डेटा सेन्टर विस्तारको विरोध गर्दै आएकी डेमोक्र्याट उम्मेदवार जीना हिनोजोसाले अप्रत्याशित जित हासिल गरेकी छन्।

हिनोजोसाको जितपछि मस्कले अर्को पोस्ट गर्दै लेखेका छन्, ‘अन्तरिक्षमा डेटा सेन्टरहरू अहिले निकै आकर्षक देखिन थालेका छन्।’ टेक्ससमा आएको राजनीतिक परिवर्तनले त्यहाँ रहेका मस्कका कम्पनीहरूको योजनामा कस्तो असर पार्छ भन्ने अझै स्पष्ट भएको छैन।

मंगलबार भएको अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटहरूले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेका छन्। यससँगै रिपब्लिकन पार्टीले दुवै सदनको नियन्त्रण गुमाएको छ।

मध्यावधि चुनाव : दुवै सदनमा डेमोक्र्याटको कब्जा, ट्रम्पको बाँकी कार्यकाल चुनौतीपूर्ण

प्रकाशित: १८ कार्तिक २०८३ १४:१९ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1d ago
विवादमा परेका एनभिडियाका प्रमुखलाई एलन मस्कको जागिर प्रस्ताव

विवादमा परेका एनभिडियाका प्रमुखलाई एलन मस्कको जागिर प्रस्ताव

काठमाडौं। एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङको भविष्यबारे चर्चा भइरहेका बेला अमेरिकी अर्बपति एलन...

#मस्क
Compare →
Onlinekhabar
1d ago
विवादमा परेका एनभिडिया प्रमुखलाई मस्कको जागिर प्रस्ताव

विवादमा परेका एनभिडिया प्रमुखलाई मस्कको जागिर प्रस्ताव

२६ कात्तिक, काठमाडौं । अमेरिकी अर्बपति इलन मस्कले चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङलाई आफ्नो कम्पनीमा कामका लागि प्रस्ताव गरेका छन् । मस्कले सामाजिक सञ्जाल एक्समार्फत एनभिडियाका प्रमुख कार्यकारी अधिकृत हुआङलाई आफ्नो …

#मस्क
Compare →
Hamro Patro News
3d ago
आफ्नै दलका सांसदले महाभियोग प्रस्ताव दर्ता गरेपछि अमेरिकी रक्षामन्त्री हेगसेथले रिपब्लिकनप्रति पोखे आक्रोश

आफ्नै दलका सांसदले महाभियोग प्रस्ताव दर्ता गरेपछि अमेरिकी रक्षामन्त्री हेगसेथले रिपब्लिकनप्रति पोखे आक्रोश

काठमाडौं- अमेरिकी रक्षामन्त्री पीट हेगसेथले आफूविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने प्रयासको आलोचना गर्दै त्यसलाई राजनीतिक प्रतिशोध र षड्यन्त्रको संज्ञा दिएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलन...

#अमेरिकी #रिपब्लिकन
Compare →

Related Stories

World News
Build #2611