Trending
Prev Story
Next Story

इजरायल सदैव नेपालको हित चाहन्छ : राजदूत बास

Onlinekhabar •
November 04, 2026 • 08:00 AM
1
1 reads 0 reactions

१८ कात्तिक, कर्णाली। नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासले इजरायल सरकारले नेपालको हितमा काम गर्दै आएको बताएका छन्। आज सुर्खेतमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै राजदूत बासले नेपाल र इजरायलबीच आठ दशक लामो ऐतिहासिक तथा कुटनीतिक …

इजरायल सदैव नेपालको हित चाहन्छ : राजदूत बास

१८ कात्तिक, कर्णाली। नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासले इजरायल सरकारले नेपालको हितमा काम गर्दै आएको बताएका छन्।

आज सुर्खेतमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै राजदूत बासले नेपाल र इजरायलबीच आठ दशक लामो ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध रहेको चर्चा गरे।

उनले इजरायल सरकारले नेपालको कृषि, रोजगारी, अध्ययन र व्यापारको क्षेत्रमा सहयोग गर्दै आइरहेको बताए।

राजदूत बासले सिङ्गो कर्णाली प्रदेश प्रकृतिको अनुपम उपहार भएकाले इजरायल सरकार कर्णाली प्रदेशको विकासका लागि सकारात्मक रहेको प्रतिक्रिया दिए।

उनले नेपाल र इजरायलबीचको कूटनीतिक सम्बन्धबाट दुवै देशका नागरिकमा सहयोग र सद्भाव बढ्दै जानु सकारात्मक विषय भएको बताउँदै दुवै देशका समृद्धि र दिगो सम्बन्ध कायम हुनुमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरे। रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
5h ago
मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता, यी विषयमा भयो छलफल

मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता, यी विषयमा भयो छलफल

२७ कात्तिक, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भारतीय राजदूत सुधाकर दलेलले शिष्टाचार भेटवार्ता गरेका छन्।मन्त्रालयमा भएको उक्त भेटमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जालका क्षेत्रमा दु...

#राजदूत
Compare →

Related Stories

National (Nepal)
Build #2611