Trending
Prev Story
Next Story

चाँदीजस्तो देखिने धातुका सामानसहित दुई जना पक्राउ

Ekantipur •
November 04, 2026 • 05:01 AM
1
1 reads 0 reactions

चाँदीजस्तो देखिने धातुबाट बनेका विभिन्न सामानसहित प्रहरीले वीरगन्जबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ नगवाका ३६ वर्षीय रामप्रकाश सर्राफ र ३९ वर्षीय कृष्ण सहनी छन् ।

चाँदीजस्तो देखिने धातुका सामानसहित दुई जना पक्राउ

चाँदीजस्तो देखिने धातुबाट बनेका विभिन्न सामानसहित प्रहरीले वीरगन्जबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ नगवाका ३६ वर्षीय रामप्रकाश सर्राफ र ३९ वर्षीय कृष्ण सहनी छन् ।

पर्सा — चाँदीजस्तो देखिने धातुबाट बनेका विभिन्न सामानसहित प्रहरीले वीरगन्जबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ नगवाका ३६ वर्षीय रामप्रकाश सर्राफ र ३९ वर्षीय कृष्ण सहनी छन् ।

वीरगन्ज महानगरपालिका–२५ सिर्सिया चेकपोस्टमा खटिएको प्रहरी टोलीले मंगलबार बिहान करिब १० बजे भारतको नम्बर प्लेट भएको बीआर ०५ बीके ४४१७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलमा सवार व्यक्तिहरूको साथबाट चाँदीजस्तो देखिने धातुबाट बनेका सिक्री, चम्चा, प्लेट, गणेश–लक्ष्मीका मूर्ति, माछा, हरिण, कछुवा र गोरुको आकृतिका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बरामद सामानको कुल तौल ३ सय २३ ग्राम १ सय ३० मिलिग्राम रहेको छ । बरामद सामानमा ४ थान चम्चा, एक थान सिक्री, एक थान प्लेट, गणेश–लक्ष्मीका दुई थान मूर्ति, पाँच थान माछा, तीन थान हरिण, चार थान कछुवा र एक थान गोरुको आकृति रहेका छन् ।

प्रहरीले बरामद सामानसहित दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मंगलबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
2w ago
कारका चारै ढोकामा ‘फल्स बटम’ , १४ किलोभन्दा बढी चाँदीजस्तो धातुसहित चार जना पक्राउ

कारका चारै ढोकामा ‘फल्स बटम’ , १४ किलोभन्दा बढी चाँदीजस्तो धातुसहित चार जना पक्राउ

काठमाण्डौ । भारतको रक्सोलबाट काठमाण्डौ आउँदै गरेको कारका चारवटै ढोकाभित्र लुकाइएको १४ किलो १८० ग्राम चाँदीजस्तो...

#चाँदीजस्तो #धातु
Compare →
Hamro Patro News
2w ago
मकवानपुरमा चाँदीजस्तो देखिने १४.१८० किलो धातुसहित चारजना पक्राउ

मकवानपुरमा चाँदीजस्तो देखिने १४.१८० किलो धातुसहित चारजना पक्राउ

काठमाडौं । मकवानपुरमा चाँदीजस्तो देखिने १४.१८० किलो धातुसहित चारजना पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्ट नजिकबाट कारको फल्स बटममा लुकाएर ल्याइएको १४ किलो १८० ग्राम चाँदी...

#चाँदीजस्तो #देखिने #धातु
Compare →

Related Stories

Technology
Build #2611