Trending
Prev Story
Next Story

ट्रम्पलाई धक्का, प्रतिनिधिसभा डेमोक्र्याटको नियन्त्रणमा जाने संकेत

Ekantipur •
November 04, 2026 • 04:01 AM
1
1 reads 0 reactions

सीबीएसको प्रक्षेपणअनुसार डेमोक्र्याटले कम्तीमा २१८ सिट जित्ने देखिएपछि दुई वर्षदेखि रिपब्लिकनको नियन्त्रणमा रहेको सदन परिवर्तन हुने भएको छ।

ट्रम्पलाई धक्का, प्रतिनिधिसभा डेमोक्र्याटको नियन्त्रणमा जाने संकेत

सीबीएसको प्रक्षेपणअनुसार डेमोक्र्याटले कम्तीमा २१८ सिट जित्ने देखिएपछि दुई वर्षदेखि रिपब्लिकनको नियन्त्रणमा रहेको सदन परिवर्तन हुने भएको छ।

काठमाडौँ — अमेरिकी प्रतिनिधिसभामा डेमोक्र्याटिक पार्टीले बहुमत हासिल गर्ने प्रक्षेपण गरिएको छ । यससँगै पछिल्लो दुई वर्षदेखि रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको प्रतिनिधिसभा डेमोक्र्याटको हातमा जाने देखिएको छ ।

बीबीसी को अमेरिकी साझेदार सीबीएसका अनुसार डेमोक्र्याटिक पार्टीले कम्तीमा २१८ सिट जित्ने प्रक्षेपण गरेको छ । रिपब्लिकन पार्टीले भने कम्तीमा १६० सिट जित्ने अनुमान छ ।

डेमोक्र्याटको यो जितले राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी दुई वर्षको कार्यकालमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । प्रतिनिधिसभामा विपक्षी दलको बहुमत भए ट्रम्प प्रशासनका निर्णयमाथि निगरानी र छानबिन गर्न डेमोक्र्याटलाई सहज हुनेछ ।

यसै निर्वाचनमा डेमोक्र्याटिक पार्टीले दक्षिण क्यारोलाइनामा जित निकाल्दै सिनेटको दोस्रो सिट पनि रिपब्लिकनबाट खोसेको छ । यसलाई अप्रत्याशित जितका रूपमा हेरिएको छ ।

अमेरिकामा प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका १०० मध्ये ३५ सिटका लागि निर्वाचन भएको हो । त्यस्तै, गभर्नरसहित राज्य तहका विभिन्न पदमा पनि मतदान भएको छ ।

प्रतिनिधिसभामा डेमोक्र्याटले कति ठूलो बहुमत हासिल गर्छन् भन्ने भने स्पष्ट भइसकेको छैन । रिपब्लिकनले पछिल्ला दुई वर्ष कायम राखेको जस्तै झिनो बहुमत डेमोक्र्याटले पाउँछन् वा ठूलो संख्यामा सिट जित्छन् भन्ने नतिजाले निर्धारण गर्नेछ ।

सिनेटको तुलनामा प्रतिनिधिसभामा बहुमत हासिल गर्न डेमोक्र्याटलाई सहज हुने आकलन गरिएको थियो । त्यसैले प्रतिनिधिसभाको प्रक्षेपणकै आधारमा सिनेटमा पनि डेमोक्र्याटले बहुमत ल्याउने निष्कर्ष निकाल्न सकिँदैन ।

यद्यपि, पछिल्लो प्रक्षेपणले चुनावी माहोल डेमोक्र्याटको पक्षमा रहेको संकेत गरेको छ । देशभर डेमोक्र्याटप्रतिको समर्थन बढिरहेको सर्वेक्षणले देखाएका थिए । चुनावी नतिजाले पनि ती सर्वेक्षणको आकलनलाई बल पुर्‍याएको छ ।

प्रतिनिधिसभामा बहुमत पाए डेमोक्र्याटले ट्रम्प र उनको परिवारले ह्वाइट हाउस फर्किएयता कसरी आर्थिक लाभ लिइरहेका छन् भन्ने विषयमा छानबिन अघि बढाउन सक्छन् । इरानमा युद्ध सुरु गर्ने निर्णयलगायत ट्रम्प प्रशासनका विवादास्पद कदममाथि पनि अनुसन्धान हुन सक्नेछ ।

त्यस्तै, डेमोक्र्याटले ट्रम्पविरुद्ध तेस्रो पटक महाभियोग प्रक्रिया अघि बढाउन सक्ने सम्भावना पनि छ । यद्यपि, ट्रम्पलाई नै महाभियोग लगाउनुभन्दा उनको मन्त्रिपरिषद्का केही सदस्यविरुद्ध प्रक्रिया अघि बढाउन सक्ने आकलनसमेत गरिएको छ ।

प्रतिनिधिसभामा डेमोक्र्याटको नियन्त्रणले आगामी दुई वर्ष ट्रम्पले अघि बढाउन सक्ने नीति तथा कार्यक्रम र राजनीतिक निर्णयमा अंकुश लगाउन सक्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
12h ago
सूर्ती र मदिरा नियन्त्रणमा सरोकारवालाको छलफल

सूर्ती र मदिरा नियन्त्रणमा सरोकारवालाको छलफल

मुगुमा सूर्तीजन्य पदार्थ र मदिरा नियमन तथा नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय बैठक तथा अनुगमन कार्यक्रम भएको छ । स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा जिल्लास्थित विभिन्न सरकारी निकायको सहभ...

#नियन्त्रण
Compare →
Nagarik News
1d ago
तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ।

#नियन्त्रण
Compare →
Onlinekhabar
2d ago
काठमाडौंमा ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा

काठमाडौंमा ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा

२५ कात्तिक, काठमाडौं । सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चाडपर्वका समयमा सर्वसाधारणलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले काठमाडौंका विभिन्न स्थानमा गरिएको …

#नियन्त्रण
Compare →

Related Stories

World News
Build #2612