नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको ७०० रुपैयाँले बढेको छ भने चाँदी ४५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ७४ हजार ३०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर तोलाको ३ हजार ६७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ७२० रुपैयाँ रहेको थियो ।