Trending
Prev Story
Next Story

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृ*त्यु, एक जना घाइते

Nagarik News •
November 03, 2026 • 04:38 AM
1
1 reads 0 reactions

काठमाडौंको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृ*त्यु, एक जना घाइते

काठमाडौंको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार सुन्दरीजलबाट नाम्गेलतर्फ जाँदै गरेको बाप्र ०२०६५ प ९१५७ नम्बरको मोटरसाइकललाई सोही दिशा पछाडिबाट आउँदै गरेको बाप्र ०२०५८ प ७४०५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बाप्र ०२०५८ प ७४०५ नम्बरको मोटरसाइकलको ठक्करबाट ०२०६५ प ९१५७ नम्बरको मोटरसाइकलमा सवार सुनसरी इटहरी नगरपालिका–७ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ दोबाटो बस्ने ४५ वर्षीय सन्तोष ढुङ्गानाको मृत्यु भएको जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका ढुङ्गानाको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा निधन भएको हो। बाप्र ०२०५८ प ७४०५ नम्बर मोटरसाइकलका चालक सङ्खुवासभा घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने ५० वर्षीय टीकाराम गुरुङको बायाँ कुम, बाँया खुट्टा र दायाँ हातमा चोट लागेको ट्राफिक प्रहरीले जनाएको छ।

यस्तै, ठक्कर दिने बाप्र ०२०५८ प ७४०५ नम्बरका चालक गोकर्णेश्वरका २४ वर्षीय आशबहादुर तामाङले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको प्रवक्ता सुवेदीले बताए।

प्रकाशित: १७ कार्तिक २०८३ १०:२३ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6h ago
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँद उनको मृत्यु …

#मोटरसाइकल #मृत्यु #नम्बर
Compare →
Hamro Patro News
9h ago
साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु, मोटरसाइकल चालक घाइते

साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु, मोटरसाइकल चालक घाइते

भक्तपुर । भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–१०...

#मोटरसाइकल #त्यु #घाइते
Compare →
Ekantipur
9h ago
भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

ठक्करबाट मोटरसाइकलको पछाडि सवार भूमिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले जानकारी दिए ।

#मोटरसाइकल #मृत्यु #त्यु
Compare →

Related Stories

Technology
Build #2611