Trending
Prev Story
Next Story

सुर्खेतमा सातै प्रदेशका अर्थमन्त्रीहरूको भेला सुरु

Onlinekhabar •
November 02, 2026 • 07:00 AM
1
1 reads 0 reactions

१६ कात्तिक, सुर्खेत । वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेशको वित्तीय अधिकार र अन्तरतह समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरू भेला भएका छन् । कर्णाली प्रदेश …

सुर्खेतमा सातै प्रदेशका अर्थमन्त्रीहरूको भेला सुरु

१६ कात्तिक, सुर्खेत । वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेशको वित्तीय अधिकार र अन्तरतह समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरू भेला भएका छन् ।

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित प्रदेश आर्थिक मामिला परिषद्को बैठकमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा सचिवहरूको सहभागिता रहेको छ ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टेक राज पछाईको अध्यक्षतामा सुरु भएको बैठकको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले गरेका हुन् ।

बैठकमा प्रदेशहरूको आन्तरिक आय तथा राजस्व परिचालन, राजस्व बाँडफाँट, अन्तरसरकारी वित्तीय हस्तान्तरणको वर्तमान अवस्था, कार्यान्वयनमा देखिएका चुनौती र सुधारका उपायबारे छलफल हुने कार्यसूची छ ।

त्यस्तै, पूँजीगत खर्चमा सुधार, चालु खर्चमा मितव्ययिता, प्रदेशको कार्यक्षेत्रअनुसार आवश्यक जनशक्ति व्यवस्थापन, आयोजना छनोट तथा बजेट चक्रको प्रभावकारी कार्यान्वयनका विषयमा पनि छलफल हुनेछ ।

संविधान र कानुनले निर्दिष्ट गरेका वित्तीय जिम्मेवारी तथा अधिकार क्षेत्रको कार्यान्वयनका लागि तीन तहका सरकारबीच आवश्यक समन्वय र सहकार्यलाई बैठकले प्राथमिकतामा राखेको छ ।

बैठकमा विभिन्न प्रदेशका सचिवहरूले आ–आफ्नो प्रदेशको वित्तीय अवस्था, उपलब्धि, समस्या र सुधारका प्रयासबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

फेडरलिज्म एण्ड लोकलाइजेसन सेन्टरका अध्यक्ष डा. खिमलाल देवकोटाले वित्तीय संघीयता सुदृढीकरणका लागि अन्तरतह समन्वय तथा तहगत भूमिकासम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका छ ।

बैठकमा प्रदेशका सामाजिक, आर्थिक तथा पूर्वाधार विकास, सुशासन अभिवृद्धि र वित्तीय संघीयताको प्रभावकारिताका लागि गर्नुपर्ने सुधारका विषयमा समेत खुला छलफल हुनेछ ।

यसअघि भएका बैठकका निर्णयहरूको समीक्षा गर्दै आगामी दिनमा वित्तीय संघीयताको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्य बैठकले राखेको छ ।

बैठकको समापनका क्रममा कर्णाली प्रदेशले सहभागी प्रदेशका मन्त्री तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गर्ने र अध्यक्षता कर्णाली प्रदेशबाट कोशी प्रदेशलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
दशौँ राष्ट्रिय खेलकुद: २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ?

दशौँ राष्ट्रिय खेलकुद: २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ?

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ। कर्णालीमा भौगोलिक कठिनाइ र पुर्वाधारका कारण पनि यसपटक सुर्खेतमै धेरै ...

#कर्णाली #सुर्खेत
Compare →
Nagarik News
16h ago
सडक सञ्जालले सुगम बन्दै पश्चिम सुर्खेत

सडक सञ्जालले सुगम बन्दै पश्चिम सुर्खेत

पश्चिम सुर्खेतका बासिन्दाका लागि वर्षा याम सहज यात्राको मौसम होइन।

#सुर्खेत
Compare →

Related Stories

Politics & Governance
Build #2611