नवराज श्रेष्ठ , माधव अर्याल , आनन्द गौतम
चंगा उडाउने, पिङ खेल्ने र मौलिक भाकामा रमाउने दसैंका पुराना शैली गाउँघरबाट विस्तारै हराउँदै छन् । बदलिँदो जीवनशैली, बढ्दो बसाइँसराइ र वैदेशिक रोजगारीले दसैं मनाउने परम्परामा परिवर्तन ल्याएको छ ।
विदेशमा रहेका छोरा–बुहारी र छोरी–ज्वाइँसँग दसैं मनाउन र टीका लगाइदिन जान लागेकाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुसी र उत्साहित देखिए ।
सितारवादक सीतामैयाँ राजचलका अनुसार इतिहासमा असोज महिनाको दसैंभन्दा चैत महिनाको दसैंको प्रमुख धुनका रूपमा मानिन्थ्यो मालश्रीलाई । मालश्री धुनले कसरी दसैं भित्रिएको संकेत गर्छ ?
स्रोत जुटे तत्कालै ठेक्का अघि बढाउन मिल्ने आयोजना हो यो । तर रकम जुटाउन नसकेकाले सरकारले मुआब्जा वितरण गरिसके पनि अन्य काम अघि बढाएको छैन ।
प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ मत ल्याएर सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तह निर्वाचनको तयारीमा होमिएको छ । स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहितका पदमा उसले मनोनयनका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन मागेको छ ।
दसैं सुरु हुनुभन्दा अघिदेखि करिब एक महिनासम्म दाङसहित लुम्बिनी र सुदूरपश्चिमका थारू बस्तीमा सख्या पैयाँ नाचको उत्सव चल्छ।
नवरात्रका अवसरमा देशका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।
अलोकाका सामाजिक सञ्जालमा लाखौँ अनुयायी रहेकाले उसको नेपाल भ्रमणले लुम्बिनी र आसपासका बौद्ध सम्पदाको अन्तर्राष्ट्रिय प्रचारमा सहयोग पुग्ने पर्यटन क्षेत्रका सरोकारवालाको अपेक्षा छ।
नेपालले सन् २०२७–२०२९ कार्यकालका लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सबैभन्दा बढी मत प्राप्त गरेको छ । यसलाई नेपालको कूटनीतिक र मानवअधिकार क्षेत्रको उपलब्धि कति मान्न सकिन्छ ?
एआई प्रविधिबाट अडियो, फोटो र भिडियोसमेत बनाउन सकिने अवस्थामा वास्तविक सामग्री पहिचान गर्न चुनौती बन्दै गएको छ ।
ओटीपी मागेर, बैंकको नाममा एसएमएस पठाएर वा फर्जी लिंकमार्फत ग्राहकका विवरण हात पारेर अनलाइन ठगी गर्ने क्रम बढ्दै गएको छ ।
‘म मर्छु, अब मेरो यति नै हो भन्ने अवस्थामा पुगिसकेको थिएँ । उद्धार टोली मेरा लागि भगवानका रूपमा आए । बाहिर निस्किने बित्तिकै मैले सबैभन्दा पहिले जमिनमा ढोगेर सबैलाई नमस्कार गरें ।’
विद्यालयको एउटा कक्षामा पुग्दा साना बालबालिका पेन्टिङमा रमाइरहेका देखिन्थे । शिक्षक–शिक्षिकाले चित्रकला, गीत तथा अन्य सिर्जनात्मक गतिविधिमार्फत उनीहरूलाई व्यस्त राख्दै विपद्को त्रासबाट बाहिर ल्याउने प्रयास गरिरहेका छन् ।
अविनाशविक्रम शाह निर्देशित फिल्म ‘एलाफेन्ट इन द फग’ (तिनीहरू) ९९ औं एकेडेमी अवार्ड्स (अस्कर) मा प्रतिष्पर्धाका लागि नेपालबाट छनौट भएको छ ।
केही दिन अघिसम्म देउवापक्षमा रहेर आज सानेपा पुगेका नेताहरु भने पार्टी परिसरमा नै अंकमाल गरेर खुसी साटिरहेका थिए ।
सुविधासम्पन्न होटल, पसल, भन्सार कार्यालयसहितका सरकारी कार्यालय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका चेकपोस्टलगायत २ सय ५० भन्दा बढी घर बाढीले बगाएको छ ।
बाढीले पूरै बस्ती बगाउँदा बगरबाट करिब ७० मिटरको दूरीमा रहेको बीओपी मात्रै जोगिएको छ । अनकन्टार बनेको यो स्थानमा मानिसबाहेक सबैथोक देखिन्छ ।
केरुङ, टिमुरे र स्याफ्रुबेंसीलाई बाढीले तहसनहस पारेपछि बाढी पूर्वानुमान महाशाखाले नागरिकलाई म्यासेज पठायो । महाशाखाले ९ बजेर १५ मिनेटमै म्यासेज पठाइएको बताए पनि प्रधानमन्त्री वालेन्द्र शाहका अनुसार म्यासेज ९ बजेर ३५ मिनेट जाँदा पठाइएको थियो । तर नागरिकसम्म पूर्वचेतावनीको म्यासेज कतिलाई ९ बजेर ४२ मिनेट र कतिलाई त १० बजेर १० मिनेट जाँदा पुगेको थियो ।
संकलित नमुना प्रहरीको विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिन्छ । सामान्यतया रिपोर्ट तयार गरी शवको डीएनएसँग म्याचिङ गर्न कम्तीमा एक महिना लाग्छ । तर अहिले कति समय लाग्छ भन्ने यकिन छैन ।
अमर क्षितिज भण्डारी , राजु चौधरी , माधव अर्याल
माटोमुनि व्यवस्थापन गरिएका शव डीएनए परीक्षणबाट पहिचान पुष्टि भएपछि मात्रै कानुनी प्रक्रिया पूरा गरेर आफन्तलाई हस्तान्तरण गरिनेछ । शवको डीएन नमुना, संकेत नम्बर, फोटो र अन्य विवरण सुरक्षित राखिएकाले आफन्तको डीएनएसँग मिलाएर पहिचान गर्न सकिने प्रहरीले जनाएको छ ।
नेपाल आयल निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न र विद्युतीय चुलोको उपयोग बढाउन आग्रह गरेको छ ।
विदेशी राष्ट्रहरुले अहिलेसम्म बाढी पीडित परिवारका लागि भनेर ९ समूहका १ सय ७६ किसिमका राहत सामग्रीहरु पठाएका छन् ।
सिधा बनाएको सुरुङबाटै क्षति बढी भएकाले अब नेपाल सरकारले एक्सेस टनेलसम्बन्धी मापदण्ड नै परिवर्तन गर्नुपर्ने देखिएको सुरुङका विज्ञहरु बताउँछन् ।
आफन्त खोजिदिन भन्दै तालिम केन्द्रमा चार दिनदेखि सयौं जना हार गुहार गरिरहेका छन्, हराएका आफन्तको नाम टिपाइरहेका छन् ।
उत्तरगया गाउँपालिकाका प्रशासकीय अधिकृत भन्छन् : कार्यालयको झ्यालसम्म पानी पुगेपछि केही सेकेन्डको अन्तरालमा म उम्किएँ । खाना पकाउने म्याडमले बचाउनुस् सर भन्दै हुनुहुन्थ्यो, म भन्दा गहिरो ठाउँमा भएकाले बचाउन सकिनँ
दुई वर्षयता सर्वोच्च अदालत पुग्ने जिल्ला न्यायाधीश शून्य छन् । जिल्लाबाट उच्च अदालत पुग्नै १३ वर्ष लाग्ने गरेको छ ।
पाँच महिना भन्दा अघि अमेरिका र इजरायलले इरानमाथि सुरुवाती हमला गर्दा केही सातामै युद्ध समाप्त हुने दाबी गरिएको थियो । तर, सबै अनुमानलाई गलत साबित गर्दै इरानले महाशक्ति राष्ट्रलाई कडा टक्कर दिइरहेको छ ।
भक्तपुर क्यान्सर अस्पतालका अनुसार यसरी भर्खरै क्यान्सर देखिएको वा क्यान्सर शंका गरिएका १ सय नयाँ बिरामीहरु मध्ये करिब ८ देखि १० जना बिरामीहरु गलत उपचार विधि वा औषधिको प्रयोग गर्छन् ।
तपाईँले पनि नागको फोटो जोहो गरिसक्नुभएको होला। तर, तपाईँले ल्याएको नागको तस्बिर कसले बनाउँछ ?
दुई महिनादेखि अलपत्र परेको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय कमिटीको बैठक साउन अन्तिम वा भदौ पहिलो साताभित्र बोलाउने तयारी भए पनि अहिलेसम्म निश्चित भइसकेको छैन