दसैं मनाउन गाउँ फर्किने यात्रु बागलुङ–घोडाबाँधे सडकको दुरवस्थाका कारण सास्ती खेप्न बाध्य छन् । निर्माण सुरु भएको २६ वर्ष बितिसक्दा पनि सडक पूरा नहुँदा यात्रामा कठिनाइ भएको छ ।
बागलुङ — दसैं मनाउन घर फर्किनेहरू अहिले पनि यात्रारत छन् । दसैं मनाउनकै लागि भरेर बागलुङका गाउँघरमा पनि बाहिरबाट मानिसहरू पुगिरहेका छन् ।
वर्षदिनको चाड मान्न आफ्नो थातथलो फर्कँदै गर्दा मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडक खण्ड अस्तव्यस्त भएको र कालोपत्रे नहुँदा यात्राका क्रममा यात्रुले सास्ती खेप्नुपरेको छ ।
निर्माण सुरु भएको २६ वर्षमा पनि यो सडक पूरा बन्न सकेको छैन ।
कान्तिपुर टेलिभिजनको भिडियो रिपोर्ट ।