Trending
Prev Story
Next Story

रोग प्रतिरोधात्मक क्षमता कम गर्ने ४७ औषधिमा प्रतिबन्ध, अन्योलमा बिरामी

Ekantipur •
October 16, 2026 • 01:07 PM
1
1 reads 0 reactions

एकै पटक ४७ प्रकारका जीवन रक्षक औषधिको बिक्रीमा प्रतिवन्ध लगाउने सरकारी निर्णप्रति बिज्ञहरूले प्रश्न गरेका छन् । औषधिको खरिदको लागि पनि विरामीलाई भारत जानुपर्ने बाध्यता सृजना गरिएको भन्दै गरिएको र अघिल्ले दिन सम्म ठिक औषधि रातारात कसरी बेठिक भयो भन्दै प्रश्न गरेका छन् ।

रोग प्रतिरोधात्मक क्षमता कम गर्ने ४७ औषधिमा प्रतिबन्ध, अन्योलमा बिरामी

एकै पटक ४७ प्रकारका जीवन रक्षक औषधिको बिक्रीमा प्रतिवन्ध लगाउने सरकारी निर्णप्रति बिज्ञहरूले प्रश्न गरेका छन् । औषधिको खरिदको लागि पनि विरामीलाई भारत जानुपर्ने बाध्यता सृजना गरिएको भन्दै गरिएको र अघिल्ले दिन सम्म ठिक औषधि रातारात कसरी बेठिक भयो भन्दै प्रश्न गरेका छन् ।

काठमाडौँ — औषधि व्यबस्था विभागले २७ असोजमा एकै पटक अंङ्ग प्रत्यारोपण गरेका विरामीलाई नभइ नहुने ४७ प्रकारका  रोग प्रतिरोधात्मक क्षमता कम गर्ने औषधि प्रतिवन्ध लगाएको छ । एकै पटक दर्जनौं कम्पनीका औषधि प्रतिवन्ध लगाएपछि ती औषधि प्रयोग गर्दै आएका मृगौला प्रत्यारोपण गराएर औषधि सेवन गर्दै आएका विरामी तथा त्यस्तो औषधि प्रयोग गर्ने अन्य समस्या भएका बिरामीहरू अन्यौलमा परेका छन् ।

‘वुधबार मात्रै झण्डै आधा दर्जन प्रत्यारोपण गराएका विरामी अब कुन औषधि खाने भन्दै सोध्न अस्पताल नै आएका थिए,’ वीर अस्पतालमा कार्यरत नेफ्रोलोजिष्ट प्रध्यापक डा. अरुण सेढाइंले भने, ‘मृगौला प्रत्यारोपण गराएका मानिसले रिजेक्सन रोक्न विहान बेलुका नै जीवनभरी सो औषधि खानु पर्ने हुन्छ ।’

रोग प्रतिरोधात्मक क्षमता कम गर्ने औषधिहरूको गुणस्तर,  सुरक्षा  तथा क्रस कन्टामिनेसन (मिसावट) को जोखिम न्यूनीकरण गर्न भन्दै विभागले  त्यस्ता औषधि उत्पादन गर्न डेडिकेटेड फ्यासेलिटी नभएका ती उद्योगहरूबाट उत्पादित औषधिहरूको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री–वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र, तथा औषधि सिफारिस पत्र विभागको असोज २० को महा निर्देशकको निर्णयबाट खारेज गरेको जनाइएको छ ।

खारेज गरिएकामध्ये अधिकांश स्वदेशी कम्पनीका औषधि छन् भने १४ वटा विदेशी कम्पनीका औषधि––१३ वटा भारतीय र एउटा बंगलादेशी कमपनीको औषधि छन् । ३३ ओषधिहरू स्वदेशी कम्पनीकै हुन् ।

‘विभागले प्रतिवन्ध लगाएका अधिकांश औषधिहरू प्रभावकारी औषधिमा पर्छन्,’ शिक्षण अस्पतालमा र्कारत एक जना नेफ्रोलोजिष्टले नाम उल्ेख नगर्न भन्दै भने,‘केही समय अघिसम्म पनि ती औषधिहरू विमाको औषधिमा पनि समाबेश थिए ।ती बाहेक जुन औषधि बजारमा छन् तीनको प्रभावकारिता त्यती राम्रो छैन ।’

विभागले अन्य समयमा जस्तो औषधि प्रतिवन्ध वा रिकल गर्दा निश्चित व्याच नम्बर उल्लेख नगरी एकैपटक उत्पादनलाई पूर्ण प्रतिवन्ध लगाएको छ ।

‘हिजोसम्म ठिक भएका औषधि रातारात कसरी बेठिक हुन्छ ।,’ वरिष्ठ मृगौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले भने,‘ औषधिमा समस्या नै भएपनि कुनै निश्चित व्याचका औषधिमा पो समस्या हुन्छन् कम्पनीका औषधि सबै एकै पटक कसरी समस्याग्रस्त हुन्छन् त्यसो भने ती कम्पनीका अन्य औषधिको गुणस्तर के हुन् त?’

एकै पटक ठूलो संखयामा मृगौला प्रत्यारोपण गरेका विरामीले खाने औषधि प्रतिवन्ध गरिंदा यस अघि औषधि किनिसकेका विरामीले आफसँग रहेको औषधि खाने की नखाने भन्ने अन्यौल सृजना भएको चिकित्सकहरूले जनाएका छन् । त्यस्ता औषधि सेवन गरेर कुनै नकारात्मक असर परे औषधि सिफारिस गर्ने, बेचविखन र पैठारी गर्ने अनि विरामी स्वयम जिम्मेवार हुने विभागले जनाएको छ ।

‘यती ठूलो निर्णय जसले हजारौं विरामीलाई प्रत्यक्ष असर गर्छ लिंदा एकपटक पनि सरोकारवाला चिकित्सक, विशेषज्ञ, प्रत्यारोपण समाजका सदस्य कसैलाई पनि एक पटक पनि सोधिएन,’ काफ्लेले भने, ‘निर्णय गर्ने अधिकार त उहाँहरूलाई नै होला तर त्यस्तो निर्णगर्दा विरामीलाई के असर पुग्छ भन्ने सोचिएन । औषधिको लागि विरामी विदेश जानु पर्ने बाध्यता आई प¥यो ।’

मृगौला प्रत्यारोपण गरेका मानिसले जीवनभरी नै विहान बेलुका नयाँ मिर्गौलालाई शरीरले अस्वीकार गर्न नदिन रोग प्रतिरोधात्मक क्षमता कम गर्ने औषधि सेबन गर्नुपर्ने हुन्छ । नेपालमा ४००० भन्दा बढी मानिसहरू मृगौला प्रत्यारोपण गरेर बसेका र हजारौको संख्यामा शरीरको रोग प्रतिरोधात्मक क्षमता कम गर्ने औषधि सेवन गर्नु पर्ने विरामी रहेको चिकितसकहरू बताउँछन् ।

धेरै स्वास्थ्य समस्याको उपचारमा पनि रोग प्रतिरोधात्मक क्षमता कम गर्ने औषधि सेबन गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

त्यस्ता समस्याहरूमा रुमेटोइड आर्थराइटिस, लुपस, प्रतिरक्षा प्रणालीको अतिसक्रियताका कारण छाला र जोर्नी सुनिने समस्या, मा सूजन हुने अवस्था, दम को गम्भीर आक्रमण,गम्भीर एलर्जी प्रतिक्रिया लगायतका समस्याको लागि पनि यस्तो औषधि सेवन गर्नु पर्ने हुन्छ ।

विभागले औषधिको गुणस्तरसम्बन्धी मापदण्ड पालना भए–नभएको सुनिश्चित गर्न औषधि उत्पादन तथा पैठारी गर्ने अनुमती दिने, उत्पादन गुणस्तर मापदण्ड पालना भए–नभएके हेर्ने, देशभरका औषधि पसलको अनुगमन गर्ने, औषधि पसलबाट नियमित रूपमा नमुना सङ्कलन गरी आफ्ना प्रयोगशालामा परीक्षण गर्ने गर्छ।

विभागले औषधिको गुणस्तरसम्बन्धी मापदण्ड पालना भए–नभएको सुनिश्चित गर्ने औषधि उत्पादन तथा पैठारी गर्ने अनुमती दिने, उत्पादन गुणस्तर मापदण्ड पालना भए–नभएके हेर्ने, देशभरका औषधि पसलको अनुगमन गर्ने, औषधि पसलबाट नियमित रूपमा नमुना सङ्कलन गरी आफ्ना प्रयोगशालामा परीक्षण गर्ने गर्छ।

त्यस्तै गुणस्तरहीन औषधिको बिक्रीवितरण रोक्का गर्ने र बजारबाट फिर्ता गर्न लगाउने काम नियमित रूपमा गर्दै आएको छ। अधिकारीहरूका अनुसार विगतमा पनि गुणस्तरहीन ठहरिएका विभिन्न औषधिको बिक्रीवितरण रोक्का गरिएको वा बजारबाट फिर्ता गर्ने गरिएको  छ। तर यती ठूलो संख्यामा एउटै प्रकारको औषधि प्रतिबन्ध भने संभवत भएको थिएन ।

यो बिषयबारे बुझ्न हामीले विभागका महानिर्देशक भरत भट्टराइसँग सम्पर्क गर्ने प्रयास गरेका थियौं । उनले आफु व्यस्त भएको र यस बिषयमा विज्ञप्तीबाटै प्रस्ट पारिसकेको प्रतिक्रिया दिए  ।

विभागले विहिबार एक बिज्ञप्ती जारी गर्दै तोकिएको समयभित्र जोखिम मूल्याङ्गन कागजपत्र पेश नगरेको ४७ थरी ब्राण्डका औषधिहरूको नयाँ उत्पादन र आयातमा रोक लगाइएको र तनिको प्रमाणपत्र मात्र खारेज गरिएको विभागले विहिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । जनाएको छ । त्यस्तै सरोकारवालाको व्यापक चासोपछि विभागले बजारमा पहिले नै भित्रीसकेको वा बिक्री वितरणमा रहेको औषधिको विक्री बितरणमा रोक नलगाइएको स्पष्ट पारेको छ ।

त्यस्तै अङ्ग प्रत्यारोपण गरेका तथा दीर्घरोगीहरूले नियमित सेबन गर्नु पर्ने औषधि हरूको बजारमा अभाव हुन नदिन र आपूर्ति शृखला सन्तुलन कायम राख्न विभाग प्रतिबद्ध रहेको जनाएको छ ।

अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
9h ago
अब सुई होइन, खाएरै घटाउन सकिनेछ तौल, चीनमा नयाँ औषधि स्वीकृत

अब सुई होइन, खाएरै घटाउन सकिनेछ तौल, चीनमा नयाँ औषधि स्वीकृत

बेइजिङ । चीनले पहिलो पटक मुखबाट सेवन गर्न मिल्ने तौल घटाउने औषधि स्वीकृत गरेको छ । अमेरिकी औषधि कम्पनी एली लिलीले उत्पादन गरेको ‘ओर्फोग्लिप्रोन’ नामक औषधि ‘मुयुडा’ ब्रान्डमा बिक्री गर्न अनुमति दिइए...

#औषधि #पटक
Compare →

Related Stories

National (Nepal)
Build #2611