Trending
Prev Story
Next Story

बडादसैंको टीका आज पनि जारी

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

५ कात्तिक, काठमाडौं । विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीमा पनि टीका र जमरा लगाएर बडादसैँ मनाइँदैछ। आज पनि मान्यजनका हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर दसैँ मनाइएको छ। बुधबार बडादसैँको मुख्य …

बडादसैंको टीका आज पनि जारी

५ कात्तिक, काठमाडौं । विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीमा पनि टीका र जमरा लगाएर बडादसैँ मनाइँदैछ।

आज पनि मान्यजनका हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर दसैँ मनाइएको छ।

बुधबार बडादसैँको मुख्य दिन अर्थात् विजया दशमी थियो भने आज एकादशी हो। हिजो टीका थाप्न नभ्याएका सर्वसाधारण आज पनि आफन्त तथा मान्यजनकहाँ पुगेर विजया दशमीको टीका थापिरहेका छन्।

हिजो घरमै टीका लगाएका कतिपय सर्वसाधारण आज काठमाडौं बाहिर रहेका आफन्त तथा मान्यजनकहाँ टीका थाप्न गइरहेका छन्।

काठमाडौंमा लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेकाले कतिपय नागरिक टीका थाप्न बाहिरिएका छन्। त्यस्तै, काठमाडौं बाहिरबाट पनि मानिसहरू राजधानी आइरहेका छन्।

बडादसैँको टीकाको मुख्य दिन विजया दशमी भए पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने प्रचलन छ। त्यसैले आज पनि टीका लगाउने, लगाइदिने तथा आशीर्वाद लिने–दिने क्रम जारी छ। यसले काठमाडौंमा चहलपहल केही बढेको देखिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
8h ago
काठमाडौंका विभिन्न स्थानमा छठको तयारी तिब्र, घाट सजाउने काम जारी

काठमाडौंका विभिन्न स्थानमा छठको तयारी तिब्र, घाट सजाउने काम जारी

काठमाडौँ। छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तयारी शुरु भएको छ । राजधानीका थापाथली, कमलपोखरी, गौरीघाटलगायतका स्थानमा छठ पूजाका लागि घाट सजाउने तथा व्यवस्थापन गर्ने काम भइरहेको छ...

#काठमाडौं #जारी
Compare →

Related Stories

Technology
Build #2612