Trending
Prev Story
Next Story

प्रहरी प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनमा चल्दैन भने तपाईंहरूलाई सरकारको नेतृत्वकर्ता किन मान्ने ?

Nagarik News •
October 31, 2026 • 05:32 AM
1
1 reads 0 reactions

जेनजी अभियन्ता माजिद अन्सारीले पत्रकारमाथि प्रहरीले गरेको धरपकडको घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङको जवाफदेहिता माग गरेका छन्।

प्रहरी प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनमा चल्दैन भने तपाईंहरूलाई सरकारको नेतृत्वकर्ता किन मान्ने ?

जेनजी अभियन्ता माजिद अन्सारीले पत्रकारमाथि प्रहरीले गरेको धरपकडको घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको जवाफदेहिता माग गरेका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै पत्रकारिताको धर्म निर्वाह गर्नसमेत आग्रह गरेका छन्। प्रहरीले पत्रकारहरूमाथि धरपकड गर्ने, रास्वपाले विज्ञप्ति जारी गर्दै आपत्ति जनाउने र प्रधानमन्त्रीको सचिवालयले घटनाबारे आफूहरूलाई जानकारी नभएको जवाफ दिने अवस्थाप्रति अन्सारीले असन्तुष्टि जनाएका छन्।

‘सरकारको काम रास्वपालाई थाहा नहुने र प्रहरीको काम सरकारलाई थाहा नहुने, यो लगभग दुईतिहाइको सरकार रास्वपा संसदीय दलले बनाएको सरकार हो भने आफ्नै संसदीय दलको निर्देशन र नियन्त्रणमा नरहेको सरकारको राजनीतिक वैधता र जवाफदेहिता कहाँ र कसरी स्थापित हुन्छ?’ उनले प्रश्न गरेका छन्।

संविधान र प्रहरी ऐनले नेपाल प्रहरीलाई नेपाल सरकारको निर्देशन तथा नियन्त्रणमा रहने व्यवस्था गरेको उल्लेख गर्दै अन्सारीले प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनबिना प्रहरी सञ्चालन भइरहेको हो भने उनीहरूको राजनीतिक तथा नैतिक जिम्मेवारीमाथि प्रश्न उठाएका छन्।

‘यदि प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनबमोजिम प्रहरी चल्दैन भने कुन नैतिकताको आधारमा तपाईंहरूलाई नेपाल सरकारको प्रधानमन्त्री तथा गृहमन्त्री भनिदिनुपर्ने वा मानिदिनुपर्ने?’ उनको प्रश्न छ।

अन्सारीले जेनजी आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जवाफदेही बनाउन तत्कालीन मेयर तथा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह र तत्कालीन जेनजी आन्दोलनका अभियन्ता तथा वर्तमान गृहमन्त्री सुधन गुरुङले नै चर्को आवाज उठाएको स्मरण गराएका छन्।

हिजो तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जिम्मेवार बनाउन माग गर्ने वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले अहिले पत्रकारमाथि भएको धरपकडको घटनामा जिम्मेवारी लिनुपर्ने कि नपर्ने भन्दै उनले प्रश्न गरेका छन्।

प्रकाशित: १४ कार्तिक २०८३ ११:१७ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
13h ago
बालेन सरकार पाँच वर्ष चल्छ, रास्वपा कुनै हालतमा फुट्दैन : सांसद जोशी

बालेन सरकार पाँच वर्ष चल्छ, रास्वपा कुनै हालतमा फुट्दैन : सांसद जोशी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं नेता जगतप्रसाद जोशीले वर्तमान बालेन नेतृत्वको सरकार पूरा पाँच वर्ष चल्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार...

#बालेन-शाह #रास्वपा
Compare →
Onlinekhabar
16h ago
चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू

चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू

२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन् …

#बालेन-शाह #रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2612