Trending
Prev Story
Next Story

खोकनामा सिकाली जात्राको धूमधाम (तस्वीरहरु)

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

३० असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित ललितपुरको खोकनाको सबैभन्दा ठूलो सिकाली जात्रा धुमधामका साथ मनाइएको छ । सिकाली चौरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाएका हुन् । दशैंको सट्टामा त्यहाँका स्थानीयले यो …

खोकनामा सिकाली जात्राको धूमधाम (तस्वीरहरु)

३० असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित ललितपुरको खोकनाको सबैभन्दा ठूलो सिकाली जात्रा धुमधामका साथ मनाइएको छ ।

सिकाली चौरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाएका हुन् ।

दशैंको सट्टामा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्छन् । हरेक नागरिक र राष्ट्रकै मनमा शान्ति मिलोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिएको स्थानीय बताउँछन् ।

खोकनावासी दशैं मनाउँदैनन् । यो दशैंभन्दा पुरानो संस्कृति भएकाले यो जात्रा मनाएपछि दशैं मनाउन नभ्याएको उनीहरू बताउँछन् ।

खोकनाबासीले विभिन्न देवीदेवताको पूजापाठ र सामूहिक भोज खाएर सिकाली जात्रा मनाउँछन् । यहाँका बासिन्दा एकापसमा टीकाटालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन् ।

यो जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित रही देवी नृत्य गरेर मनाइन्छ ।

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2w ago
कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने हाँडीगाउँ जात्रा मनाइयो

कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने हाँडीगाउँ जात्रा मनाइयो

काठमाडौं : हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने हाँडीगाउँ जात्रा मंगलबार मनाइएको छ। ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजाआराधना गरी टोलटोलमा रथ घुमाएर काठमाडौंमा हाँडीगाउँको जात्रा मनाइएक...

#जात्रा
Compare →

Related Stories

World News
Build #2611