Trending
Prev Story
Next Story

लागुऔषधसहित ३१ जना पक्राउ

Nagarik News •
October 30, 2026 • 07:16 AM
1
1 reads 0 reactions

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरुलाई सिन्धुली, मोरङ, चितवन, धनकुटा, ललितपुर, झापा, तनहुँ, बाँके, कञ्चनपुर, सुर्खेत, सुनसरी, बर्दिया र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

लागुऔषधसहित ३१ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न भागबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, लागुऔषध र  हतियारसहित ३१ जना पक्राउ परेको छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरुलाई  सिन्धुली, मोरङ, चितवन, धनकुटा, ललितपुर, झापा, तनहुँ, बाँके, कञ्चनपुर, सुर्खेत, सुनसरी, बर्दिया र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मूलकोटबाट एक सय ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रूपन्देहीको गैडहवा गाउँपालिका–१ घर भएका २८ वर्षीय प्रकाश थापा र सप्तरीको सुरूङ्गा नगरपालिका–२ घर भएका २२ वर्षीय निराजन चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

मोरङको रतुवामाई नगरपालिका–६ बाट ५०० ग्राम खैरो हेरोइन, एक थान पेस्तोल र एक राउन्ड गोलीसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको अररिया घर भएका कुमार बोसाक, पुरनकुमार बोसाक र मोरङको रतुवामाई नगरपालिका–१ घर भएका योगेन्द्र ठाकुर रहेका छन्।  लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गर्दा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले नियन्त्रणमा लिने क्रममा दीपक कुमारले पेस्तोल निकालेर प्रहरीमाथि गोली प्रहार गर्न खोजेपछि प्रहरीले जवाफी फायर गरेको थियो। त्यसक्रममा दीपककुमार र पुरनकुमार घाइते भएका छन्। उनीहरूको रतुवामाई नगर अस्पताल झुर्कियामा उपचार भइरहेको छ।

मोरङकै रतुवामाई नगरपालिका–१० पोखरी बाँधबाट ६६ ट्याब्लेट ट्रामाडोल र ८६ ट्याब्लेट स्पास्पेनसहित झापा दमक नगरपालिका–४ का सुमन सुवेदी पक्राउ परेका छन्। उनलाई प्रहरीचौकी इटहराबाट खटिएको टोलीले बिहीबार बेलुकी पक्राउ गरेको हो।

मिक्लाजुङ गाउँपालिका–९, गणेशचोकबाट पाँच सय ४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। झापाको शिवसताक्षी नगरपालिका–८ घर भएका २८ सन्तोष सार्की र कुशल दाहाल पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले  उनीहरूलाई पक्राउ गरेको हो।

चितवनको भरतपुर महानगरपालिका–४ बर्मेली चोकबाट छ सय तीन ट्याब्लेट ऐनारगन र छ सय तीन ट्याब्लेट ट्रामाडोलसहित दुई जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१५ बस्ने अस्मिन कुइँकेलसहित दुई जना रहेका छन्।

अस्थायी प्रहरी पोष्ट कल्याणपुरबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो। प्रहरीले उनीहरूले प्रयोग गरेको ना२४प ७८२२ नम्बरको स्कुटरसमेत बरामद गरेको छ।

भरतपुर महानगरपालिका–१५ प्रगति टोलबाट दुई ग्राम सात सय २० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, ३१ ट्याब्लेट ट्रामाडोल र एक थान डिजिटल तराजुसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २६ वर्षीय नवीन गुरुङ र २६ वर्षीय अमृत गुरुङ रहेका छन्। इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो।

धनकुटा नगरपालिका–१ हिलेबाट दुई ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाख्रिबास नगरपालिका–५ बस्ने २६ वर्षीय सुरज तामाङ र धनकुटा नगरपालिका–१ बस्ने २७ वर्षीय शिशिर बस्नेत रहेका छन्। प्रहरीचौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो।

ललितपुर महानगरपालिका–६ लगनखेलबाट सात सय पाँच ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्। बटुकभैरव बस्ने भारतका गौतमकुमार र प्रयागपोखरी बस्ने भारतकै २० वर्षीय आलोक जैसवाल रहेका छन्। वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार बेलुकी पक्राउ गरेको हो।

झापाको कनकाई नगरपालिका–४ शान्ति टोलबाट ७७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २५ वर्षीय सञ्जय चौधरी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो।

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीबाट ३०० एम्पुल डाइजिपाम, ३०० एम्पुल बुप्रेनोर्फिन र ३०० एम्पुल फेनारगनसहित कास्कीको पोखरा महानगरपालिका–३२ तल्लो खुदी बस्ने १९ वर्षीय उज्वल विक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले गण्डकी एएबि ३२२८ नम्बरको मोटरसाइकलमा सवार उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो।

बाँकेको बैजनाथ गाउँपालिका–५ गुरुवा गाउँबाट पाँच सय ३० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित मक्सुद अहमद इद्रिसी पक्राउ परेका छन्। प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनलाई बिहीबार राति पक्राउ गरेको हो।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाटाबाट ४९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लछु रानासमेत रहेका छन्।

कञ्चनपुरकै लालझाडी गाउँपालिका–१ नौरङ्गाबाट दुई ग्राम ७५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २२ वर्षीय मनिष राना, २२ वर्षीय श्रवण राना र २४ वर्षीय रोहित राना रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार बेलुकी पक्राउ गरेको हो।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली डाँडाबाट ७५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।

सुनसरीको इटहरी उपमहानगरपालिका–२ कर्नेल टोल बस्ने किशोर लिम्बू एक ग्राम ५१० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ परेका छन् । सामुदायिक प्रहरी बिट हवाईचोकबाट खटिएको प्रहरीले बिहीबार राति उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेपछि पक्राउ गरेको हो।

बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट दुई सय मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाँकेको खजुरा गाउँपालिका–५ बस्ने गोविन्द डाँगी पक्राउ परेका छन्।

प्रहरीचौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ कौशलटारबाट २०० ग्राम पोलेनसहित रामेछापको खाँडादेवी गाउँपालिका–१ घर भई काठमाडौँको कलङ्की बस्ने उमेश दियाली पक्राउ परेका छन्।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो । प्रहरीले उनले प्रयोग गरेको प्रदेश ३–०२–००५ प ५०९६ नम्बरको मोटरसाइकल बरामद गरेको छ।

प्रकाशित: १३ कार्तिक २०८३ १३:०१ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौँ । प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । प्रहरीले मोरङ, सुर्खेत, ललितपुर, उदयपुर, धनुषा, दाङ र बार्दियाबाट अवैध लागुऔषधसहित विभिन्न स्थ...

#मोरङ #लागुऔषधसहित
Compare →
Onlinekhabar
1w ago
अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ

अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ

१९ कात्तिक, काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङ, सुर्खेत, ललितपुर, उदयपुर, धनुषा, दाङ र बर्दियाबाट ९ जना पक्राउ परेका हुन् । मोरङको विराटनगर महानगरपालिका–१२ …

#मोरङ #लागुऔषधसहित
Compare →

Related Stories

Technology
Build #2611