Trending
Prev Story
Next Story

गोकुल बाँस्कोटाको प्रश्न : भद्रगोल नै हुने भो त रविजी ?

Nagarik News •
October 30, 2026 • 03:04 AM
1
1 reads 0 reactions

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारका पछिल्ला कामकारबाहीप्रति टिप्पणी गर्दै रास्वपा सभापति रवि लामिछानेलाई प्रश्न गरेका छन्।

गोकुल बाँस्कोटाको प्रश्न : भद्रगोल नै हुने भो त रविजी ?

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारका पछिल्ला कामकारबाहीप्रति टिप्पणी गर्दै रास्वपा सभापति रवि लामिछानेलाई प्रश्न गरेका छन्।

सरकारको आर्थिक तथा कूटनीतिक निर्णय, प्रहरी त्रासमा, न्यायालय अन्यौलमा र आम नागरिकले भोगिरहेको महँगीलाई लिएर असन्तुष्टि व्यक्त गरेका उनले सरकारको कार्यशैलीमाथि प्रश्न गरेका हुन्।

उनले प्रकृतिको अनवरत कहर, अर्थमन्त्रीको अभिव्यक्ति, राजदूत सिफारिस, प्रहरी र न्यायालयको अवस्थासहित महँगीको मारमा जनता परेको बताएका छन्।

‘प्रकृतिको अनवरत कहर र शक्ति केन्द्र खुसी पार्न अर्थमन्त्रीको अनर्थपूर्ण बयान, राजदूत सिफारिस हाँडीगाउँको जात्रा, प्रहरी त्रासमा, न्यायालय अन्योलमा, जनता महँगीको मारमा,’ सामाजिक सञ्जालमार्फत बाँस्कोटाले लेखेका छन्, ‘आखिर, गोलगोल भद्रगोल नै हुने भो त रविजी?’

प्रकाशित: १३ कार्तिक २०८३ ०८:४९ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
गोकुल बाँस्कोटाको ठोकुवा : सत्ताको लडाइँमा रवि हारिरहन्छन्, बालेन जितिरहन्छन्

गोकुल बाँस्कोटाको ठोकुवा : सत्ताको लडाइँमा रवि हारिरहन्छन्, बालेन जितिरहन्छन्

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अबको ४ वर्ष सरकारका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने साक्षी मात्र हुने बताएका छन्। उनले पुराना उदाहरण समेत दिँदै संविधानमा व्यवस्...

#रवि-लामिछाने #गोकुल #बाँस्कोटा
Compare →

Related Stories

Politics & Governance
Build #2612