काठमाण्डौ । आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भए पनि कोशी र गण्डकीका केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कात्तिक ६ गते भने कर्णालीका हिमाली क्षेत्रमा समेत हल्का वर्षा वा हिमपात हुन सक्ने प्रक्षेपण गरिएको छ।नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कात्तिक ५ गते बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार...
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक बेथिति हटाउँदै हरेक नागरिकलाई सरकारको अनुभूति गराउन सबै एकजुट हुनुपर्ने बताएका छन्।विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले समाजमा रहेका विकृति हटाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको उल्लेख गरेका हुन्। उनले परिवर्तन विचार र...
काठमाण्डौ । विजयादशमीमा आफन्तकहाँ टीका थाप्न जाने तयारीमा हुनुहुन्छ, तर सार्वजनिक गाडी पाइने–नपाइने चिन्ता छ ? यात्रुको सहज आवागमनका लागि नेपाल प्रहरीले आज काठमाडौँ उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।नेपाल प्रहरीले सार्वजनिक गरेको सूचनाअनुसार आज कात्तिक ४ गते बिहान ८ बजे र दिउँसो ३ बजेर ३० मिनेटमा तीनवटै रुटमा नक्सालबाट बस छुट्नेछन्। सेवा...
काठमाण्डौ । मान्यजनको हातबाट टीका र जमरा लगाउँदै सुख, शान्ति र समृद्धिको आशीर्वाद लिने पर्व विजयादशमी आज मनाइँदै छ। बडादशैंको मुख्य दिन आज घर–घरमा देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्नुका साथै परिवार र आफन्तबीच भेटघाट गर्ने परम्परा छ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज कात्तिक ४ गते बुधबार टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा छ। त्यसअघि बिहान ८...
काठमाडौँ । विकास आयोजनाका लागि पैसा जुटाउने र ठूलो भूकम्पपछि राज्यको ढुकुटीमा पर्ने दबाब घटाउने- नेपालले अन्तर्राष्ट्रिय पुँजी बजारसँग जोडिएका दुई फरक वित्तीय साधन अघि बढाएको छ। एउटा, नेपाली रुपैयाँमा आधारित अफशोर बन्डमार्फत निजी क्षेत्रमा लगानी भित्र्याउने बाटो हो। अर्को, भूकम्पको जोखिम अन्तर्राष्ट्रिय लगानीकर्तासम्म हस्तान्तरण गर्ने विपद् बन्डको तयारी हो। दुवैलाई...
काठमाडौं । दशैंको किनमेलको हतार छ। पसलमा राखिएको क्यूआर स्क्यान गर्यो, रकम हाल्यो अनि भुक्तानी गर्यो। तर, पैसा पठाउनुअघि मोबाइलमा देखिएको नाम पसलकै हो कि होइन भनेर हेर्न छुटाउनुभएको त छैन? यही सानो असावधानीले तपाईंको रकम गलत खातामा पुग्न सक्छ।किनमेलको भुक्तानीदेखि टाढा रहेका आफन्तलाई दक्षिणा पठाउनसम्म डिजिटल माध्यम सहज बनेको छ। यही सहजताबीच नक्कली क्यूआर, बैंकको नाममा...
काठमाडौं । तीन हजार रुपैयाँको खरिद बिल प्रविष्टि गरेका एक उपभोक्ताले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। असोज महिनाको दोस्रो पाक्षिकको नतिजाअनुसार एसएस फेन्सी हाउसबाट खरिद गरिएको उक्त बिलसँग सम्बन्धित कुपन बम्पर विजेता बनेको हो।असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको कार्यक्रममा बम्परसहित १७ जना...
काठमाडौं । बाढीपहिरोले प्रसारण लाइन क्षतिग्रस्त बनाएपछि तीन सातादेखि राष्ट्रिय प्रणालीमा पुग्न नसकेको निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाको १७० मेगावाट विद्युत् पुनः जोडिएको छ। कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी दाना–राहुघाट प्रसारण खण्ड अस्थायी रूपमा सञ्चालनमा आएपछि अवरुद्ध विद्युत् प्रवाह खुलेको हो।नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली...
काठमाडौं । राजस्व संकलनमा लक्ष्य र प्राप्तिबीच फराकिलो अन्तर झेल्दै आएको सरकारलाई असोजको तथ्याङ्कले केही राहत दिएको छ। उक्त महिनामा लक्ष्यको लगभग शतप्रतिशत राजस्व उठे पनि पहिलो तीन महिनाको सञ्चित हिसाबमा भने सरकार अझै ३० अर्ब रुपैयाँभन्दा बढी पछाडि छ।अर्थ मन्त्रालयको उपलब्ध विवरणअनुसार असोजमा एक खर्ब १५ अर्ब ४१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा एक खर्ब १५ अर्ब...
काठमाण्डौ । चाडपर्वका बेला वस्तु आपूर्ति सहज बनाउने उद्देश्यले नेपाल–चीन व्यापारिक नाका तातोपानी आजदेखि तीन दिनका लागि खुल्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कात्तिक १ देखि ३ गतेसम्म मालवाहक सवारीसाधनलाई नाकाबाट आवतजावत गर्न अनुमति दिइनेछ।यो निर्णयसँगै उक्त अवधिमा तातोपानी हुँदै सामान ढुवानी गर्ने अवसर उपलब्ध हुने भएको छ। तर अनुमति मालवाहक...
काठमाण्डौ । व्यवसायी दीपक भट्टसँग सम्बन्धित अनुसन्धानको सिलसिला उनका दाजु तथा लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसम्म पुगेको छ। प्रहरीले शनिबार ललितपुरको सानेपाबाट सुशीललाई पक्राउ गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान थालेको हो।जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलिप घिमिरेले भट्ट पक्राउ परेको र उनीमाथि अनुसन्धान भइरहेको पुष्टि...
काठमाण्डौ । सरकारले निजी क्षेत्रलाई पहिलोपटक अन्तरदेशीय विद्युत् व्यापारको पूर्वतयारीमा औपचारिक रूपमा सहभागी गराउने निर्णय गरेको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी कम्पनीलाई विद्युत् व्यापारका लागि आशयपत्र जारी गर्ने व्यवस्था अघि बढाएसँगै उत्पादनमा केन्द्रित निजी क्षेत्रलाई अब विदेशी बजार खोज्ने, सम्भावित खरिदकर्ता पहिचान गर्ने र व्यापारिक सम्झौताको...
काठमाण्डौ । निर्वाचन आयोगले अद्यावधिकसहितको अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। नयाँ नाम दर्ता, विवरण सच्याउने, ठेगाना स्थानान्तरण गर्ने तथा मृत्यु वा दोहोरो विवरण हटाउने प्रक्रिया पूरा गरेपछि आयोगले असोज ३० गते अन्तिम नामावली प्रकाशन गरेको हो।अन्तिम मतदाता नामावलीअनुसार देशभर कुल मतदाता संख्या १ करोड ९० लाख ९१ हजार ३७५ पुगेको छ। जसमध्ये पुरुष ९७ लाख ६९ हजार ८२५,...
काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक संगठनका रूपमा विकास गर्न कानुनी सुधार, सेवा सुविधाको विस्तार तथा प्रविधि र पूर्वाधारमा लगानी सरकारको प्राथमिकतामा रहेको बताएका छन्।असोज ३० गते नक्सालस्थित प्रहरी मुख्यालयमा आयोजित ७१औँ नेपाल प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा सम्बोधन गर्दै उनले नयाँ कानुनमार्फत...
काठमाण्डौ । काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले बाइक एम्बुलेन्स सेवा सुरु गरिएको जानकारी दिएकी हुन्।उनका अनुसार १०२ नम्बरमा फोन गरी एम्बुलेन्स सेवा माग गर्ने सेवाग्राहीलाई अवस्थाअनुसार बाइक ए...
काठमाण्डौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीलाई उपभोक्ताले सहजै देख्ने गरी मिठाईको मुख्य कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउ, उपभोग गरिसक्नुपर्ने मिति र मूल्य स्पष्ट रूपमा उल्लेख गर्न निर्देशन दिएको छ।विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणलाई ध्यानमा राख्दै यस्तो सूचना जारी गरेको हो। मिठाई...
काठमाण्डौ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिक तथा आफ्नो मतदाता नामावली रहेको जिल्लाभन्दा बाहिर बसोबास गर्ने मतदातालाई मतदानमा सहभागी गराउन वैकल्पिक प्रणाली प्रयोग गर्न सकिने निष्कर्ष निकालेको छ।आयोगद्वारा गठित अध्ययन समितिले पोस्टल भोटिङ, इन्टरनेटमा आधारित मतदान र इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) प्रयोग गर्न सकिने तीनवटा प्रमुख विकल्प सुझाएको हो।आयोगले...
–रविन ठकुरी काठमाण्डौ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) अन्तर्गतका आयोजना कार्यान्वयनका लागि तोकिएको समयसीमा सकिन अब करिब १ वर्ष १० महिना बाँकी रहँदा कुल खर्च २०.५६ प्रतिशत मात्रै पुगेको छ। सेप्टेम्बर २०२६ अर्थात् २०८३ असोज १४ गतेसम्म एमसिए–नेपालले १५ करोड ३५ लाख ८८ हजार ९६० अमेरिकी डलर खर्च गरेको छ। नेपाली मुद्रामा यो रकम २३ अर्ब ३४ करोड ९ लाख...
काठमाण्डौ । अन्टार्कटिकाको विशाल थ्वाइट्स हिमनदी वैज्ञानिकहरूले अनुमान गरेभन्दा तीव्र गतिमा पग्लिरहेको नयाँ अध्ययनले देखाएको छ। ‘डुम्सडे ग्लेसियर’ भनेर चिनिने यो हिमनदीको क्षयले विश्वव्यापी समुद्री सतह वृद्धिको जोखिम यसअघि अनुमान गरिएभन्दा बढी हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्।पश्चिमी अन्टार्कटिकामा रहेको थ्वाइट्स पृथ्वीका सबैभन्दा फराकिला हिमनदीमध्ये एक...
काठमाण्डौ । नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाएका हुन्।एमालेका प्रमुख सचेतक हरिनारायण महतोका अनुसार मन्त्रीहरूको राजीनामासँगै पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा...