राष्ट्रिय स्वतन्त्र पार्टीका सह–महामन्त्री तथा प्रतिनिधिसभा सदस्य पुरुषोतम यादवले सुशासनको जगमा नै शान्ति र समृद्धि ल्याउन सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।
सिरहा नगरपालिका–१९ सनहैठामा सल्लाह सुझाव सङ्कलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले सुशासनको जग मजबुत गरेर मात्रै शान्ति र समृद्धि सम्भव हुने मान्यतामा टेकेर काम गरिरहेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )