Trending
Prev Story
Next Story

खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

Nagarik News •
October 29, 2026 • 06:28 AM
1
1 reads 0 reactions

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले सिरहाको मिर्चैया क्षेत्रमा निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

सिरहामा ३३२ ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले सिरहाको मिर्चैया क्षेत्रमा निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

लागूऔषध नियन्त्रण ब्युरोले कात्तिक १२ गते बिहान सिरहा नगरपालिका–१३, मलगनियास्थित क्षेत्रमा भारतको मधुवनीबाट जयनगर नाका हुँदै मोटरसाइकलमा नेपालतर्फ आइरहेका उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार भारतको मधुवनी जिल्ला, बेला पञ्चायत–७ निवासी ४४ वर्षीय लालबाबु सिंह र २६ वर्षीय धर्मेन्द्र दास पक्राउ परेका हुन्। उनीहरूलाई रोक्न खोज्दा भाग्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

उनीहरूको साथबाट ३३२ ग्राम खैरो हेरोइन, भारतीय नम्बर प्लेटको बीआर–३२४ भी ७५७४ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०८३ १२:१३ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
5d ago
साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी

साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्युरोबाट बाहिरिएका छन्। ब्युरोका प्रहरी अधिकारीसँग छलफलपछि उनी बाहिरिएका हुन्। उनी आइतबार दिउँसो ब्युरोको कार्यालयमा...

#उनी #ब्युरो
Compare →

Related Stories

World News
Build #2612