आज एक तोला छापावाल सुन २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ ।
काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सुन तोलामा रु ३०० ले बढेको छ भने चाँदी रु ५० घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला छापावाल सुन रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९३० कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र असली चाँदी रु तीन हजार ९८० मा कारोबार भएको थियो ।