Trending
Prev Story
Next Story

इजरायली आम निर्वाचनको नतिजाबारे लेबनानको हिजबुल्लाहले के भन्यो ?

Nagarik News •
October 29, 2026 • 04:09 AM
1
1 reads 0 reactions

इजरायलमा भएको आम निर्वाचनको नतिजा सार्वजनिक भएपछि लेबनानको सशस्त्र समूह हिजबुल्लाहले प्रतिक्रिया दिएको छ।

इजरायली आम निर्वाचनको नतिजाबारे लेबनानको हिजबुल्लाहले के भन्यो ?

इजरायलमा भएको आम निर्वाचनको नतिजा सार्वजनिक भएपछि लेबनानको सशस्त्र समूह हिजबुल्लाहले प्रतिक्रिया दिएको छ।

हिजबुल्लाहका महासचिव नईम कासिमले इजरायली निर्वाचनको नतिजाले आफ्नो समूहलाई कुनै फरक नपर्ने बताएका छन्। उनले निर्वाचनमा जो विजयी भए पनि हिजबुल्लाहले इजरायलको प्रतिरोध जारी राख्ने बताएका छन्।

९० प्रतिशतभन्दा बढी मतगणना सम्पन्न हुँदा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दक्षिणपन्थी गठबन्धन सबैभन्दा ठूलो समूह बने पनि बहुमत प्राप्त गर्न सकेन।

गादी आइजेनकोटको नेतृत्वमा रहेको प्रमुख विपक्षी गठबन्धनले नेतान्याहुको गठबन्धनलाई कडा चुनौती दिएको छ। विपक्षी गठबन्धनले ४८ सिट जितेको छ।

बीबीसी फारसीका अनुसार, नईम कासिमले बुधबार जारी गरेको लिखित वक्तव्यमा भनेका छन्, 'इजरायलमा कसले शासन गर्छ भन्ने कुराले हामीलाई कुनै फरक पर्दैन। तर, इजरायलले कब्जा जारी राख्न सक्दैन र उसले हाम्रो भूमि छाड्नुपर्छ भन्ने कुरा स्पष्ट हुनुपर्छ।'

प्रकाशित: १२ कार्तिक २०८३ ०९:५४ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
सत्ताबाट सीधै जेल जानेहरुको लामो सूची, जसमा थपिँदैछन् त नेतान्याहु ?

सत्ताबाट सीधै जेल जानेहरुको लामो सूची, जसमा थपिँदैछन् त नेतान्याहु ?

काठमाडौं- अहिले इजरायली प्रधानमन्त्री अन्योलमा छन् । राष्ट्रपति आइजाक हर्गोजले विपक्षी गठबन्धनका गादी आइसेनकोटलाई नयाँ सरकार गठन गर्न सङ्केत गरिसकेका छन् । त्यसको दुई दिनपछि बेन्जामिन नेतान्याहुले ...

#गठबन्धन #इजरायली
Compare →
Onlinekhabar
1w ago
अमेरिकी मध्यावधि निर्वाचनको नतिजाले युक्रेनलाई थप सहयोग मिल्ने जेलेन्स्कीको आशा

अमेरिकी मध्यावधि निर्वाचनको नतिजाले युक्रेनलाई थप सहयोग मिल्ने जेलेन्स्कीको आशा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सफलता हासिल गरेपछि रुससँग साढे चार वर्षदेखि जारी युद्धमा युक्रेनलाई थप सहयोग प्राप्त हुने आशा व्यक्त गरेका छन् । जर्मनीको टेलिभिजन च्यानल जेडडीएफसँगको अन्तर्वार्तामा जेलेन्स्कीले आगामी वर्ष …

#निर्वाचन
Compare →

Related Stories

Politics & Governance
Build #2612