Trending
Prev Story
Next Story

काठमाडौं उपत्यकाबाटै अन्य जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि पाउने

Nagarik News •
October 28, 2026 • 05:02 AM
1
1 reads 0 reactions

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकले उपत्यकाबाट नै नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था मिलाइएको जनाएको छ।

काठमाडौं उपत्यकाबाटै अन्य जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि पाउने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकले उपत्यकाबाट नै नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था मिलाइएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम यस्तो व्यवस्था गरिएको जनाएको हो।

आफ्नो नागरिकता आगलागी वा पानीले भिजी नष्ट भएको, च्यातिएर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले यो सुविधा पाउनेछन्।

सूचनाअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकले सेवा लिन सक्नेछन्। ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले सेवा पाउनेछन्। त्यस्तै, भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोशी र मधेश प्रदेशका जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था गरिएको छ।

तर, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट नागरिकता लिएका व्यक्तिको हकमा नागरिकता प्रमाणपत्रबाहेकका जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रहेको विवरणसँग भिडेको अवस्थामा मात्रै प्रतिलिपि जारी गरिने सूचनामा उल्लेख छ।

अभिलेख नभेटिएको वा अभिलेखमा उल्लेख भएको भन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर प्रतिलिपि लिन चाहने तथा प्रारम्भिक जाँचमै शंकास्पद देखिएका नागरिकता बाहकलाई भने साविकमा नागरिकता प्राप्त गरेको जिल्लामै सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रकाशित: ११ कार्तिक २०८३ १०:४७ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4h ago
काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँ । काठमाडौँ–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो सडकमा रातिको समयमा यात्रुवाहक सवारी साधन सञ्चालनका लागि नयाँ समय तालिका लागू गरेक...

#काठमाडौं
Compare →
Bizshala
9h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं
Compare →
Onlinekhabar
13h ago
एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

नेपाल प्रिमियर लिग (एनपीएल) यतिबेला सबैको केन्द्रमा छ । अनि त्यसैको एउटा हिस्सा बनेकी छन्, येशा सागर । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्सर देखिने येशा पाहुना बनेर काठमाडौं आएकी छन् । उनी जारी एनपीएलकी होस्ट हुन् …

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2611