Trending
Prev Story
Next Story

डिजिटल प्रविधिबाट घर निर्माणमा लागत र समय घटाउँदै शिलाक्ष्य र फोरफ्रन्ट

Ekantipur •
October 16, 2026 • 07:35 PM
2
2 reads 0 reactions

शिलाक्ष्य गृह निर्माणका आशित अधिकारी र सायन प्याकुरेल तथा फोरफ्रन्ट इन्जिनियरिङका महेश कार्की र सुधीर थापाले एक कार्यक्रमबीच समझदारी पत्र साटासाट गरे ।

डिजिटल प्रविधिबाट घर निर्माणमा लागत र समय घटाउँदै शिलाक्ष्य र फोरफ्रन्ट

शिलाक्ष्य गृह निर्माणका आशित अधिकारी र सायन प्याकुरेल तथा फोरफ्रन्ट इन्जिनियरिङका महेश कार्की र सुधीर थापाले एक कार्यक्रमबीच समझदारी पत्र साटासाट गरे ।

काठमाडौँ — घर निर्माणका क्रममा डिजाइनमा परिवर्तन, प्राविधिक त्रुटि, लागत वृद्धि र ढिलाइ हुने समस्या न्यूनीकरण गर्ने उद्देश्यले शिलाक्ष्य गृह निर्माण प्रालि र फोरफ्रन्ट इन्जिनियरिङ प्रालिबीच सहकार्य भएको छ।

शिलाक्ष्य गृह निर्माणका आशित अधिकारी र सायन प्याकुरेल तथा फोरफ्रन्ट इन्जिनियरिङका महेश कार्की र सुधीर थापाले एक कार्यक्रमबीच समझदारी पत्र साटासाट गरे ।

दुई कम्पनीबीच भएको समझदारीअनुसार भवन सूचना मोडलिङ (बीआईएम), भर्चुअल रियालिटी (भीआर), डिजिटल ट्विन र लिडार स्क्यानिङजस्ता प्रविधिलाई निर्माण परियोजनामा प्रयोग गरिनेछ।

यसबाट ग्राहकले निर्माण सुरु हुनुअघि नै आफ्नो घरको डिजिटल स्वरूप हेर्न, डिजाइनमा आवश्यक सुधार गर्न र सम्भावित प्राविधिक समस्या पहिचान गर्न सक्ने अपेक्षा गरिएको छ।

बीआईएममार्फत भवनको डिजाइन, संरचना, विद्युतीय प्रणाली र प्लम्बिङबीचको समन्वय जाँच गर्न सकिन्छ। यसले निर्माणकै क्रममा समस्या देखिएपछि पुनः काम गर्नुपर्ने अवस्था, सामग्रीको अनावश्यक खपत र अतिरिक्त खर्चको जोखिम घटाउन सहयोग पुर्याउन सक्छ।

भर्चुअल रियालिटीले ग्राहकलाई घरको बनावट बुझ्न सहज बनाउँछ भने लिडार स्क्यानिङले निर्माणस्थलको वास्तविक अवस्था डिजिटल रूपमा अभिलेख गर्न मद्दत गर्ने कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा अझै पनि अधिकांश निर्माण परियोजना परम्परागत दुई आयामका नक्सामा आधारित रहेको र डिजिटल प्रविधि अपनाउनुपर्ने आवश्यकता फोरफ्रन्ट इन्जिनियरिङका प्रबन्ध निर्देशक महेश कार्कीले औँल्याए।

'यदि नेपालले वास्तवमै डिजिटल निर्माणको युगमा प्रवेश गर्ने हो भने अब डिजिटल पूर्वाधार संरचना तथा सूचना प्रणाली अपनाउन ढिला गर्नु हुँदैन। परियोजनाको योजना र डिजाइनदेखि निर्माण तथा सञ्चालनसम्म डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै निर्माण क्षेत्रलाई अझ व्यवस्थित, प्रभावकारी, पारदर्शी र दिगो बनाउने समय आइसकेको छ,' उनले भने।

फोरफ्रन्टसँगको सहकार्यले आधुनिक निर्माण प्रविधिलाई वास्तविक परियोजनामा प्रयोग गर्न सहयोग पुग्ने शिलाक्ष्य गृह निर्माणका सह-संस्थापक आशित अधिकारीले जनाए । निर्माण क्षेत्रलाई परम्परागत शैलीबाट आधुनिक र प्रविधिमैत्री दिशातर्फ लैजानुपर्नेमा उनकाे जोड छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
6d ago
वीरगञ्जमा ‘एआई-एसिस्टेड सफ्टवेयर इन्जिनियरिङ’ तालिम सम्पन्न, स्थानीय युवाहरूले बनाए अत्याधुनिक डिजिटल समाधान

वीरगञ्जमा ‘एआई-एसिस्टेड सफ्टवेयर इन्जिनियरिङ’ तालिम सम्पन्न, स्थानीय युवाहरूले बनाए अत्याधुनिक डिजिटल समाधान

वीरगञ्ज — मधेश प्रदेशको प्रमुख आर्थिक तथा औद्योगिक केन्द्र वीरगञ्जमा स्थानीय युवाहरूलाई लक्षित गरी सञ्चालित सघन “एआई-एसिस्टेड सफ्टवेयर इन्जिनियरिङ तालिम” सफलतापूर्वक सम्पन्न भएको छ।

#इन्जिनियरिङ #डिजिटल
Compare →

Related Stories

Technology
Build #2612