Trending
Prev Story
Next Story

एभरेष्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६ करोड ३६ लाख भुक्तानी

Nagarik News •
October 27, 2026 • 09:44 AM
1
1 reads 0 reactions

एभरेष्ट पेपर मिल्स प्रा.लि. का श्रमिकहरूले कुल ६ करोड ३६ लाख ६२ हजार ८०३ रुपैयाँ ३८ पैसा भुक्तानी पाएका छन्।

एभरेष्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६ करोड ३६ लाख भुक्तानी

एभरेष्ट पेपर मिल्स प्रा.लि. का श्रमिकहरूले लामो समयको कानुनी र प्रशासनिक सङ्घर्षपछि आफूले पाउनुपर्ने सेवा सुविधा बापतको कुल ६ करोड ३६ लाख ६२ हजार ८०३ रुपैयाँ ३८ पैसा भुक्तानी पाएका छन्।

उद्योग प्रशासन र श्रमिकबिच विवाद बढेपछि १७४ जना श्रमिकहरूले आफूले पाउनुपर्ने सेवा सुविधा र पारिश्रमिकको माग गर्दै कानुनी प्रक्रिया अघि बढाएका थिए।

अन्त्यमा श्रम अदालतको आदेश र जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सहमति अनुसार सबै श्रमिकले विभिन्न चेकमार्फत बक्यौता रकम प्राप्त गरेका हुन्।

पटक पटकको कानुनी सङ्घर्ष पछि श्रम अदालतले मिति २०८२ साल चैत १७ गते ५ करोड ८६ लाख ६० हजार ३९५ रुपैयाँ २२ पैसा भुक्तानी गर्नका लागि बैङ्क खाता फुकुवा गर्न आदेश दिएको थियो।

तर, बैङ्क खाता फुकुवा गरिए तापनि प्रतिष्ठानबाट रकम भुक्तानी नभएपछि श्रमिकहरूले अदालतको अवहेलना भएको भन्दै पुनः निवेदन दिएका थिए।

निर्णय कार्यान्वयन नभएको भन्दै पुनः निवेदन परेपछि मिति २०८३ साल भदौ २६ गते सेयर धनीहरूको बैङ्क खाता, सम्पत्ति तथा शेयरसमेत पुनः रोक्का गरिएको थियो।

प्रशासनिक र कानुनी कारबाहीपछि अन्ततः मिति २०८३ साल असोज ३० गते श्रम अदालतको आदेश बमोजिमको ५ करोड ८६ लाख ६० हजार ३९५ रुपैयाँ २२ पैसा र भदौ तथा असोज महिनाको तलबसहित कुल ६ करोड ३६ लाख ६२ हजार ८०३ रुपैयाँ ३८ पैसा १७४ जना श्रमिकहरूलाई भुक्तानी गरिएको छ। विभिन्न चेकमार्फत यो रकम हस्तान्तरण गरिएसँगै लामो समयदेखि रोकिएको सहमति र अदालतको निर्णय पूर्ण रूपमा कार्यान्वयनमा आएको हो।

प्रकाशित: १० कार्तिक २०८३ १५:२९ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1w ago
चीनको एक्जिम बैंकबाट लिएको ऋण र भुक्तानी विवरण पेस गर्न विशेष अदालतको आदेश

चीनको एक्जिम बैंकबाट लिएको ऋण र भुक्तानी विवरण पेस गर्न विशेष अदालतको आदेश

काठमाण्डौ । विशेष अदालतले नेपाल सरकारले चीनको एक्जिम बैंकबाट लिएको ऋण, त्यसको भुक्तानी प्रक्रिया तथा किस्तागत विवरण...

#भुक्तानी
Compare →
Onlinekhabar
1w ago
ऋण र भुक्तानीको विवरण पेस गर्न विशेष अदालतको आदेश

ऋण र भुक्तानीको विवरण पेस गर्न विशेष अदालतको आदेश

२० कार्तिक, काठमाडौं । विशेष अदालतले नेपाल सरकारले चीनको एक्जिम बैंकसँग लिएको ऋण रकम, भुक्तानी प्रक्रिया र त्यसको किस्तागत विवरण पेस गर्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश …

#भुक्तानी
Compare →
Hamro Patro News
1w ago
रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतले बढ्यो

रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतले बढ्यो

काठमाडौं – रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४२.५३ प्रतिशतले बढी हो । ...

#मिल्स
Compare →

Related Stories

Technology
Build #2612