Trending
Prev Story
Next Story

तुलसीपुरमा ५८९ मुद्दा दर्ता

Nagarik News •
October 27, 2026 • 05:57 AM
1
1 reads 0 reactions

इङ्ल्यान्डका कप्तान ह्यारी केनले स्पेनका लामिन यमल र फ्रान्सका किलियन एमबाप्पेलाई पछि पार्दै सन् २०२६ को पुरुष ब्यालन डी’ओर जितेका छन्।

तुलसीपुरमा ५८९ मुद्दा दर्ता

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा ५८९ मुद्दा दर्ता भएका छन्। उक्त मुद्दा असोज महिनामा दर्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए। जघन्य अपराधतर्फ १०६, महिला तथा बालबालिकासम्बन्धी ४४ र आर्थिक अपराधतर्फ ३९ वटा घटना भएका छन्।

त्यस्तै, अवैध भन्सार छलीतर्फ छ करोड ८७ लाख ३४ हजार रुपैयाँ बराबरको सामानसहित २४ जनालाई पक्राउ गरिएको छ। राजस्व चुहावट एक करोड ९७ लाख १७ हजार ७७२ रुपैयाँ बराबरको सामानसहित ४१ जनालाई पक्राउ गरिएको छ।

सवारीसाधन चेकजाँचका क्रममा एक हजार ४२८ व्यक्तिबाट एक करोड ४७ लाख ११ हजार राजस्व दाखिला भएको छ। प्राकृतिक सम्पदा दोहनतर्फ ७८ वटा सवारीसाधन जफत गरी २१ लाख १४ हजार ६०१ राजश्व दाखिला गरिएको छ। अवैध काठ बरामदबाट १९ लाख ४६ हजार ७०२ जरिवाना असुल गरिएको छ।

अदालतको फैसला कार्यान्वयनतर्फ ३१४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ। उनीहरुबाट दुई करोड ५० लाख २८ हजार ५४६ जरिवाना असुल गरिएको छ। प्रहरीले विभिन्न जिल्लाबाट ३३ थान भरुवा बन्दुक, पाँच थान ऐ।नाल र तीन थान पेस्तोलसहित अवैध हातहतियार जफत गरेको छ, भने लागुऔषध कारोबार नियन्त्रणतर्फ ६५ वटा मुद्दा दर्ता गरी  १११ जनालाई पक्राउ गरिएको छ।

उनीहरुबाट ३६ केजी चरेस, १ किलो ग्राम ब्राउन सुगर, ९३ केजी गाँजा तथा अन्य प्रतिबन्धित औषधि बरामद भएका छन्।

प्रकाशित: १० कार्तिक २०८३ ११:४२ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
अमेरिकी रक्षामन्त्री पिट हेगसेथलाई महाभियोग लगाउन प्रस्ताव दर्ता

अमेरिकी रक्षामन्त्री पिट हेगसेथलाई महाभियोग लगाउन प्रस्ताव दर्ता

काठमाडौं । अमेरिकी रिपब्लिकन सांसद थोमस मासीले रक्षामन्त्री पिट हेगसेथविरुद्ध महाभियोग लगाउने प्रस्ताव दर्ता गरेका छन् । इरानसँगको युद्ध, लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोप लागेका डुंगामाथि गरिए...

#दर्ता
Compare →
Onlinekhabar
1w ago
राज्य व्यवस्था र सार्वजनिक लेखा समितिको बैठक माग गर्दै कांग्रेसद्वारा छुट्टाछुट्टै निवेदन दर्ता

राज्य व्यवस्था र सार्वजनिक लेखा समितिको बैठक माग गर्दै कांग्रेसद्वारा छुट्टाछुट्टै निवेदन दर्ता

१९ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गर्दै छुट्टाछुट्टै निवेदन दर्ता गराएको छ । कांग्रेसले शुक्रबार रेखाकुमारी यादवको नेतृत्वमा राज्य व्यवस्था तथा …

#दर्ता
Compare →

Related Stories

Technology
Build #2611