Trending
Prev Story
Next Story

‘महानायक’ सम्बोधनले किन आत्तिन्थे दीपकराज गिरी ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

के तपाईंलाई कुनै शब्दले तर्साएको अनुभव छ ? सम्भवतः यो दुर्लभ प्रश्न हो । किनभने मान्छेहरू शब्दसँग खासै आत्तिने वा डराउने गर्दैनन् । तर, अभिनेता दीपकराज गिरीको हकमा भने कुरा फरक छ । उनलाई एकदमै अत्याउने …

‘महानायक’ सम्बोधनले किन आत्तिन्थे दीपकराज गिरी ?

के तपाईंलाई कुनै शब्दले तर्साएको अनुभव छ ? सम्भवतः यो दुर्लभ प्रश्न हो । किनभने मान्छेहरू शब्दसँग खासै आत्तिने वा डराउने गर्दैनन् । तर, अभिनेता दीपकराज गिरीको हकमा भने कुरा फरक छ ।

उनलाई एकदमै अत्याउने एउटा शब्द छ, ‘महानायक’ । अहिले त होइन, तर केही वर्षअघिसम्म जब कसैले ‘महानायक’ भनी सम्बोधन गर्थे, तब दीपकराज गिरीको दिमाग नै हल्लिन्थ्यो । मनमा भूकम्प आउँथ्यो । उनलाई त ज्वरो नै आउला जस्तो हुन्थ्यो ।

उनलाई किन त्यस्तो हुन्थ्यो ? त्यो महाभारततिर नजाऔँ । तर, केही समयअघि उनले एक पोडकास्टमा यसै सन्दर्भका कुरा गरेका छन् । महानायक शब्दले आफूलाई कसरी लखेट्यो भन्ने किस्सा सुनाएका छन् ।

खासमा दीपकराज गिरीले आफूलाई महानायक घोषणा गरेका थिएनन् । उनले त्यसको दाबी पनि गरेका थिएनन् । न कुनै अन्तर्वार्तामा यो शब्द चुहाएका थिए । दीपाश्री निरौलाले दिएको एक अन्तर्वार्तालाई लिएर जब आलोचनाको ज्वारभाटा उठ्यो, त्यसले स्वयं दीपाश्रीलाई त भावनात्मक रूपमा घाइते बनायो नै । चार हात पर बसेका दीपकराज गिरीलाई पनि त्यसको रापले नराम्ररी पोल्यो ।

सो अन्तर्वार्तापछि दीपकराजलाई मान्छेहरूले ‘ओ महानायक’ भनी सम्बोधन गर्न थाले । यो श्रद्धाको शब्द थिएन, दिल्लगीको थियो । दिल्लगी पनि कतिसम्म भयो भने यो शब्द सुन्नासाथ दीपकराज गिरीलाई प्यानिक अट्याक नै आउला जस्तो हुन्थ्यो ।

कसैले अरू नै सन्दर्भमा महानायक भनिदिँदा पनि उनी झसङ्ग हुन्थे । उनलाई यो शब्द हरर फिल्मको ‘डायलग जस्तो लाग्ने’ बताएका छन् ।

एकपटक उनी कतै यात्रामा रहेछन् । खाना वा नास्ता खान बीच बाटोमा रोकिएछन् । त्यहाँ होटलका म्यानेजरले उनलाई देखेपछि उमङ्गित भावमा भने, ‘ए भाइ, यहाँ आइज, आइज । यहाँ महानायक आउनुभएछ ।’

सुनेर दीपकराज गिरी नराम्ररी तर्सिएछन् ।

भनिहालौँ, यतिबेला दीपकराज गिरीको फिल्म ‘छ माया छपक्कै–२’ प्रदर्शनरत छ । दोस्रो सातामा चलिरहेको यो फिल्मले सामाजिक विषयवस्तुमा चोटिलो र रसिलो कथा बुनेको छ ।

अर्को कुरा थपिहालौँ, दीपकराज गिरी यस्ता पात्र हुन्, जसले सर्वाधिक गाली खान्छन् । तर, जसले गाली खान्छन्, उसैको फिल्म फेरि ब्लकबस्टर हुन्छ । दर्शकहरूले कतै ‘म्याच फिक्सिङ’ त गरेका होइनन् ?

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2w ago
यसरी नै गाली गरिरहनुस्, फिल्म हिट पो भैहाल्छ कि : दीपकराज गिरी

यसरी नै गाली गरिरहनुस्, फिल्म हिट पो भैहाल्छ कि : दीपकराज गिरी

कलाकार तथा निर्माता दीपकराज गिरीले फिल्म ‘छ माया छपक्कै २’ बहिष्कार गर्न भन्दै एउटा समूहले अभियान चलाएपछि फिल्मको व्यापार केही बढेको दाबी गरेका छन्।

#दीपकराज #गिरी
Compare →
Hamro Patro News
2w ago
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिलाई लिएर महानायकले के भने ?

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिलाई लिएर महानायकले के भने ?

काठमाडौं– महानायक राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति टिप्पणी गरेका छन् । सोमबार आफ्नो फेसबुक वालमा एक लामो धारणा सार्वजनिक गर्दै हमालले मन्त्री वाग्लेको अभ...

#महानायक
Compare →
Bizshala
4w ago
राष्ट्रसंघ महासभामा बालेनको दमदार सम्बोधन, विश्वभर चर्चा

राष्ट्रसंघ महासभामा बालेनको दमदार सम्बोधन, विश्वभर चर्चा

राष्ट्रसंघ महासभामा बालेनको दमदार सम्बोधन, विश्वभर चर्चा

#सम्बोधन
Compare →
Arthasansar
4w ago
नेपाल माइक्रो इन्स्योरेन्सको सीईओमा गिरी नियुक्त

नेपाल माइक्रो इन्स्योरेन्सको सीईओमा गिरी नियुक्त

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल गिरी नियुक्त भएका छन्। कम्पनीको असोज २५ गते बसेको...

#गिरी
Compare →

Related Stories

Politics & Governance
Build #2612