साइबर सुरक्षा जोखिमका कारण अस्थायी रूपमा बन्द गरिएका एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवा पुनः सञ्चालनमा आएका छन् । वेबसाइट निर्माणमा प्रयोग हुने ‘पिएचपी’ प्रोग्रामिङ ल्याङ्ग्वेजमा देखिएको ‘पिएचपिटुसेल’ सुरक्षा कमजोरी समाधान गर्न आवश्यक सुरक्षा प्याच लागु गरी परीक्षण सम्पन्न गरेपछि सरकारी वेबसाइट तथा अनलाइन सेवा सामान्य अवस्थामा फर्किएका हुन् ।
नेपाल सरकारको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) का अनुसार सुरक्षा जोखिम न्यूनीकरणका लागि आवश्यक प्राविधिक काम सम्पन्न भएपछि एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवा पुनः सञ्चालनमा आएका छन् । बाँकी रहेका सेवा पनि छिट्टै सञ्चालनमा ल्याउन काम भइरहेको केन्द्रले जनाएको छ । गत बिहीबारदेखि नेपाललगायत विश्वका सरकारी, बैङ्क तथा वित्तीय संस्था एवं निजी क्षेत्रका वेबसाइट अस्थायी रूपमा बन्द गरिएका थिए ।
Read full story at source ( gorkhapatraonline.com )