Trending
Prev Story
Next Story

भक्तपुरमा दैनिक आर्थिक अपराधका घटना बढ्दो

Nagarik News •
October 26, 2026 • 12:01 PM
1
1 reads 0 reactions

सोज एक महिनामा मात्रै जिल्लामा आर्थिक अपराधका ७५ वटा घटना दर्ता भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

भक्तपुरमा दैनिक आर्थिक अपराधका घटना बढ्दो

भक्तपुरमा दैनिक आर्थिक अपराध हुने गरेको देखिएको छ । असोज एक महिनामा मात्रै जिल्लामा आर्थिक अपराधका ७५ वटा घटना दर्ता भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । त्यस अन्तर्गत पनि बैंकिङ कसुरका बढी देखिएको छ । आर्थिक अपराधका कुल ७५ वटा मुद्दा दर्ता भएकोमा बैंकिङ कसुरका मात्रै ६५ वटा रहेका छन् । बाँकी १० वटा भने ठगीका रहेका छन् ।

परिसरका सूचना अधिकारी दीपककुमार कार्कीका अनुसार जिल्लामा एक महिनामा दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । घटनामा परी १९ जना घाइते भएका छन् ।

ती दुर्घटनामा ४५ वटा सवारीसाधन संलग्न थिए । दुर्घटनाका प्रमुख कारणमध्ये तीव्र गति आठ, मादक पदार्थ सेवन पाँच, सडकमा चालकको ध्यान नपुग्नु पाँच र लापरबाहीपूर्वक सवारी चलाउनु पाँच घटना रहेको तथ्यांक छ । सवारी चेकिङका क्रममा २ हजार १६२ वटा कारबाही गरी ११ लाख ९१ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ ।

प्रहरीले असोज महिनामा हराएका २१ जनामध्ये १९ जनालाई फेला पारेको जनाएको छ । हराएकामध्ये तीन पुरुषमध्ये दुई जना फेला परेका छन् भने पाँच बालिकामध्ये चार जना फेला परेका छन् । दुई जना अझै फेला पर्न बाँकी छन् ।

घरेलु हिंसासम्बन्धी पाँच वटा उजुरी परेकोमा सबै उजुरीमा मिलापत्र गराइएको परिसरले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी उजुरीका २३ वटा घटना मिलापत्र गरिएको प्रहरीले जनाएको छ ।  यसैगरी प्रहरीले असोज महिनामा विभिन्न प्रकृतिका १७७ वटा ठाडो उजुरीमध्ये १७२ वटा फछ्र्योट गरेको छ । जिल्ला प्रशासन कार्यालयमार्फत आएका ७६ उजुरीमध्ये ७४ वटा फछ्र्योट भएका छन् ।

प्रहरीले असोज महिनामा १ हजार ६७४ पटक मोबाइल गस्ती, ८६८ पटक पैदल गस्ती र १ हजार २४२ पटक मोटरसाइकल गस्ती गरेको जनाएको छ । विभिन्न प्रकारका नियमित प्रहरी परिचालनका क्रममा कुल ३० हजार ८९३ पटक प्रहरी परिचालन गरिएको विवरणमा उल्लेख छ ।

प्रहरीले समुदाय तथा विद्यालय केन्द्रित १५८ वटा कार्यक्रम सञ्चालन गरी ४ हजार ८३५ जनाको सहभागिता गराएको छ । विद्यालयमा सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रममा ५३० विद्यार्थी सहभागी भएका थिए । त्यस्तै तीन स्थानमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरी २०५ जनासँग छलफल गरिएको थियो । सार्वजनिक सुनुवाइका क्रममा सडक सुरक्षा, सडकबत्तीको व्यवस्था, लागूऔषध नियन्त्रण तथा चोरी र लुटपाट नियन्त्रणका लागि प्रहरी गस्ती र चेकिङ बढाउनुपर्ने विषय उठेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसरले सार्वजनिक गरेको विवरणमा असोज महिनामा आगलागीका चार, बाढी तथा वर्षाका आठ र पहिरोका १३ घटना अभिलेख गरिएको उल्लेख छ । यी विपद्का घटनाबाट कुल अनुमानित एक करोड ३० लाख ७६ हजार २५० रुपैयाँ बराबरको क्षति भएको विवरणमा जनाइएको छ ।

विभिन्न प्रकृतिका १४३ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार भदौ महिनामा १७९ मुद्दा दर्ता भएकामा असोजमा मुद्दाको संख्या घटेको हो । प्रहरीका अनुसार असोज महिनामा दर्ता भएका मुद्दामध्ये ५० वटा फछ्र्योट भएका छन् । त्यस्तै लागूऔषधसम्बन्धी आठ, जबर्जस्ती करणीका चार र ज्यान मार्ने उद्योगको एउटा मुद्दा दर्ता भएको छ ।

प्रकाशित: ९ कार्तिक २०८३ १७:४६ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
8h ago
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम...

#भक्तपुर
Compare →
Ekantipur
11h ago
भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

ठक्करबाट मोटरसाइकलको पछाडि सवार भूमिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले जानकारी दिए ।

#भक्तपुर
Compare →

Related Stories

National (Nepal)
Build #2612