Trending
Prev Story
Next Story

एनपीएल सुरु हुने दिन नै किन फर्कन लागे पाकिस्तानका कप्तान फर्हान ?

Nagarik News •
October 26, 2026 • 06:47 AM
1
1 reads 0 reactions

टोलीले उनलाई सोमबार नै स्वदेश फर्काउने व्यवस्था मिलाएको कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेले बताएका छन्।

एनपीएल सुरु हुने दिन नै किन फर्कन लागे पाकिस्तानका कप्तान फर्हान  ?

पाकिस्तानका टी–२० टोलीका कप्तान साहिबजादा फर्हानले यस वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) गुमाउने भएका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले श्रीलंकाविरुद्धको सिरिजका लागि राष्ट्रिय टोलीमा समावेश गरेको जानकारी दिँदै तत्काल स्वदेश फर्किन निर्देशन दिएपछि उनले प्रतियोगिता छाड्ने भएका हुन्।

फर्हानले राष्ट्रिय टोलीमा परेकाले पाकिस्तान फर्किनुपर्ने जानकारी कर्णाली याक्सलाई आइतबार दिएका थिए। त्यसलगत्तै टोलीले उनलाई सोमबार नै स्वदेश फर्काउने व्यवस्था मिलाएको कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेले बताएका छन्।

घिमिरेका अनुसार फर्हानले अक्टोबर ३१ मा पुनः नेपाल फर्किन सक्ने सम्भावना रहेको बताएका थिए। तर, राष्ट्रिय टोलीको जिम्मेवारीका कारण उनलाई रोक्न नसकिएको र फर्किने टिकटसमेत काटिसकिएको उनले जानकारी दिए।

कर्णाली याक्सले एनपीएलका लागि दुई पाकिस्तानी खेलाडी अनुबन्ध गरेको थियो। फर्हान प्रतियोगिताबाट बाहिरिए पनि अर्का खेलाडी हुसेन तलातलाई भने टोलीमै राख्ने तयारी छ। पीसीबीले प्रत्येक खेलाडीका लागि २५ हजार अमेरिकी डलर माग गरेपछि उक्त रकम आधा–आधा बेहोर्ने सहमति भएको स्रोतले जनाएको छ।

दुवै खेलाडी पाकिस्तान क्रिकेट बोर्डबाट अनापत्ति प्रमाणपत्र (एनओसी) लिएर काठमाडौं आएका थिए। नेपाल आइपुगेपछि पीसीबीले थप रकम माग गरेपछि पाकिस्तानी खेलाडीको एनपीएल सहभागिताबारे अन्योल बढेको हो।

प्रतियोगिताको महत्त्वपूर्ण चरणअघि फर्हानले टोली छाड्नुपर्ने भएपछि कर्णाली याक्सले उनको विकल्पमा अन्य विदेशी खेलाडी खोज्न थालेको छ। यसैबीच, पाकिस्तानी बोर्डको आर्थिक मागबारे एनपीएल बोर्डले पनि छलफल गरिरहेको छ।

यस विषयमा सहमति जुट्न नसके नेपालमा हुने एनपीएलमा अन्य पाकिस्तानी खेलाडीको सहभागितासमेत प्रभावित हुन सक्ने देखिएको छ।

प्रकाशित: ९ कार्तिक २०८३ १२:३२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
7h ago
एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#एनपीएल #कर्णाली
Compare →
Ekantipur
7h ago
एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#एनपीएल
Compare →
Onlinekhabar
15h ago
उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु

उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु

२७ कात्तिक, इस्लामावाद (रासस/एपी)। उत्तरी पाकिस्तानमा एउटा यात्रुवाहक भ्यान सडकबाट नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको उद्धार अधिकारी तथा प्रहरीले शुक्रबार जनाएको छ । बिहीबार राति गिलगिट–बाल्टिस्तान क्षेत्रमा …

#पाकिस्तान
Compare →

Related Stories

Sports
Build #2612