Trending
Prev Story
Next Story

दसैँपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

Nagarik News •
October 26, 2026 • 12:32 AM
1
1 reads 0 reactions

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दसैँपछि भक्तजनको संख्या बढेको छ।

दसैँपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दसैँपछि भक्तजनको संख्या बढेको छ। दसैँ अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो भएको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बिहीबारदेखि शनिबारसम्म १२ हजार १३० जना भक्तजनले मुक्तिनाथको दर्शन गरेका छन्। प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दसैँको भोलिपल्ट तीन हजार ३३, शुक्रबार चार हजार ८१३ र शनिबार चार हजार २८४ जनाले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन्।

गत ११ असोजको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले बेनी-जोमसोम सडक ध्वंस्त हुँदा दुई सातासम्म पूर्ण रूपमा सडक अवरुद्ध बनेको थियो। बर्सेनि सोह्र श्राद्धका बेला हजारौ तीर्थालुहरू मुस्ताङ आउने गरेका भए पनि यस पटक सडक असहजताका कारण पर्यटक उपस्थिति हुन सकेका थिएनन्।

मुक्तिनाथमा दर्शनार्थीको संख्या बढेसंगै बेनी-जोमसोम सडकमार्गका होटलहरू पर्यटकले भरिन थालेका छन्। यसैगरी मुस्ताङमा पर्यटक आगमन बढेसँगै यहाँका स्याउ, स्याउबाट बनेका ब्रान्डी र वायनलगायतका कृषि उपजका सामग्रीको किनमेल पनि बढेको छ।

तनहुँबाट मुक्तिनाथ दर्शन गर्न आएका सुजन थापामगरले चाडपर्वको बिदालाई सदुपयोग गर्दै मुक्तिनाथको दर्शन गर्न आइपुगेको बताए। ललितपूरका रत्नबहादुर महर्जन पनि आफूसहित सात जनाको टोली मुक्तिनाथको दर्शन र कोरलानाका घुम्न आएको बताए।

प्रकाशित: ९ कार्तिक २०८३ ०६:१७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
मन्दिर परिसरमा अन्धाधुन्ध पटाका, बच्चा बोकेकी महिलाको खास्टोमै अड्कियो रकेट

मन्दिर परिसरमा अन्धाधुन्ध पटाका, बच्चा बोकेकी महिलाको खास्टोमै अड्कियो रकेट

विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको प्रसिद्ध पाँचतल्ले (न्यातापोल) मन्दिर परिसरमै खुला रूपमा पटाका पड्काइँदा सयौँ वर्ष पुराना ऐतिहासिक काष्ठकला संरचना आगलागीको उच्च जोखिममा परेका छन्। उत्सवका नाम...

#मन्दिर
Compare →
Onlinekhabar
2d ago
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटिका (तस्वीरहरू)

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटिका (तस्वीरहरू)

२५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइएको छ । भाइटीकाको अवसरमा बुधबार सर्वसाधरणका लागि मन्दिर खोलिएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एक …

#मन्दिर
Compare →
Ekantipur
2d ago
रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

तिहारको पाँचौँ दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र सयपत्री तथा मखमली फूलको माला लगाइदिएर पर्व मनाइरहेका छन्।

#मन्दिर
Compare →
Arthasansar
2d ago
रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

आज भाइटीका पर्वका अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ। दिदीबहिनी नभएका दाजुभाइ...

#मन्दिर
Compare →
Bizshala
5d ago
कर्जा सार्ने उद्यमीलाई मुक्तिनाथको अफर, आधार दरमा थप प्रिमियम शून्य

कर्जा सार्ने उद्यमीलाई मुक्तिनाथको अफर, आधार दरमा थप प्रिमियम शून्य

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले साना तथा मझौला उद्यमीलाई लक्षित गरी आधार दरमै व्यवसाय कर्जा सार्न मिल्ने योजना...

#मुक्तिनाथ
Compare →

Related Stories

Technology
Build #2612