सम्बन्धको न्यानोपन, भावनाको स्पन्दन, आत्मीयताको सुवास र मानवताको महापर्व दसैँ आइतबारदेखि बिदाइ गरिएको छ । यससँगै घर आँगनमा लिङ्गे पिङका मच्चिएका उन्मुक्त आवाजहरू शान्त बनिसकेका छन्। रातो टीका र जमराले सजिएका निधारहरू बिस्तारै सामान्य अवस्थामा फर्किएका छन्। घरका भित्ताहरूमा टाँगिएका खुसीका क्षणहरू सम्झनाका तस्बिर बनेर बस्न थालेका छन्। कोही आफ्नो कर्मथलो फर्किने तयारीमा छन्,कोही बिदाइको पीडालाई मुस्कानभित्र लुकाउँदै छन्।
तर मेरो मनमा एउटा प्रश्न बारम्बार उठिरहेको छ, के दसैँ साँच्चै सकिन्छ त? पात्रोबाट चाडको मिति हट्दैमा, निधारबाट टीका पुछिँदैमा, कानमा जमरा ओइलिँदैमा र घरका सदस्यहरू आआफ्नो बाटो लाग्दैमा दसैँको अन्त्य हुन्छ र ? के दसैँ भनेको केही दिनको रमझम,नयाँ लुगा, मीठो मसिनो भोजन र मान्यजनको हातबाट टीका थाप्ने औपचारिकतामै मात्र सीमित छ त?
Read full story at source ( ratopati.com )