Trending
Prev Story
Next Story

संस्कृति जगेर्नामा चुनौती,शताब्दी काटेका कमानसिंहको सराय खेल

Hamro Patro News •
October 25, 2026 • 04:55 AM
1
1 reads 0 reactions

गुल्मीको इस्मा गाउँपालिका दोहलीका १०१ वर्षीय कमानसिंह बस्नेतले पनि खुब रमाइलो मानेर सराय खेल्नुभयो । दौरासुरुवालमा ठाँटिएका बस्नेतले दसैँमा सराय खेलेको हेर्नेहरू सबै अचम्मित थिए । उहाँको यो आकर्षक ...

संस्कृति जगेर्नामा चुनौती,शताब्दी काटेका कमानसिंहको सराय खेल

गुल्मीको इस्मा गाउँपालिका दोहलीका १०१ वर्षीय कमानसिंह बस्नेतले पनि खुब रमाइलो मानेर सराय खेल्नुभयो । दौरासुरुवालमा ठाँटिएका बस्नेतले दसैँमा सराय खेलेको हेर्नेहरू सबै अचम्मित थिए । उहाँको यो आकर्षक प्रस्तुति देखेर युवकयुवती निकै उत्साहित देखिन्थे । बुढ्यौली बिर्सेर सराय खेल्न आउनुभएका बस्नेतको जोश जाँगर देखेर अधबैँसे पनि खुबै रमाए ।

इस्मा मैदानमा दसैँ टीकाको भोलिपल्ट सराय खेल्ने गरिएको छ । शताब्दी पुरुषको सराय मोह र जोसले युवापुस्तालाई संरक्षण र निरन्तरताको दायित्व थपिएको मालिका गाउँपालिका–५ का वडाध्यक्ष रेखाकुमार जिसीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुराना परम्परा जोगाउने भए पछिल्ला पुस्ताले हेर्न मात्र रहर गर्ने होइन, सराय खेल्न पनि थाल्नु प-यो । सय वर्ष काटिसक्नुभएका कमानसिंह बुवाको उपस्थितिले यसको संरक्षणको सन्देश दिएको छ ।”

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1d ago
राक्षस वधको खुसीयालीमा बर्सेनि नाचिन्छ ‘डल्ले सराय’

राक्षस वधको खुसीयालीमा बर्सेनि नाचिन्छ ‘डल्ले सराय’

२६ कात्तिक, प्युठान । ढोल–मादलको तालमा तरबार उचाल्दै गाउँलेहरू ‘वाख्यै... वाख्यै...’ भन्दै नाचिरहेका थिए । कसैको गलामा फूलको माला थियो, कसैको हातमा तरबार । भाइटीकाको भोलिपल्ट प्यूठान नगरपालिका–७, पुण्यखोलामा देखिएको यो दृश्य पुस्तौँ पुरानो ‘डल्ले सराय …

#सराय
Compare →

Related Stories

Technology
Build #2611