Trending
Prev Story
Next Story

चेल्सीमाथि टोटनहमको दुर्लभ जित

Ekantipur •
October 25, 2026 • 12:30 AM
1
1 reads 0 reactions

पाल्मारले रातो कार्ड पाएपछि दस खेलाडीमा सीमित चेल्सीविरुद्ध टोटनहमले आत्मघाती गोल र म्याथेस टेलको प्रहारमा जित निकाल्यो।

चेल्सीमाथि टोटनहमको दुर्लभ जित

पाल्मारले रातो कार्ड पाएपछि दस खेलाडीमा सीमित चेल्सीविरुद्ध टोटनहमले आत्मघाती गोल र म्याथेस टेलको प्रहारमा जित निकाल्यो।

काठमाडौँ — टोटनहमले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीमाथि २–० को जित रचेको छ । पछिल्लो ३६ वर्षमा चेल्सीविरुद्ध टोटनहम विजयी रहेको यो दोस्रो पटक मात्र हो ।

कोल पाल्मारलाई रातो कार्डमा गुमाएर दस खेलाडीमा सीमित चेल्सी गोलरक्षक माइक पेन्डर्सको आत्मघाती गोलले पछाडि परेको थियो ।

स्टायफोर्ड ब्रिजमा भएको खेलमा रोबर्ट डे जेब्रीको टिमका लागि म्याथेस टेलले दोस्रो गोल थपे । सन् २०१८ यता टोटनहमले चेल्सीलाई उसकै घरमा हराएको यो पहिलो पटक हो ।

सन् १९९० यता टोटनहम आफ्ना लन्डन प्रतिद्वन्द्वीविरुद्ध सबै प्रतियोगिता घर बाहिर एकै पल्ट मात्र विजयी भएको छ ।

यस्तो खराव प्रदर्शनलाई बिर्साउन टोटनहमले चेल्सीविरुद्ध दोस्रो लिग जित मात्रै हात पारेको हो र यो सन् २०२३ यता पहिलो हो ।

यो जितपछि टोटनहम नौ अंकमा १२ औं स्थानमा उक्लेको छ । चेल्सी भने १२ अंकमा चौथो स्थानमा रह्यो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Arthasansar
2w ago
टोटनहमसँग चेल्सीको हार

टोटनहमसँग चेल्सीको हार

टोटनहम हटस्परले लन्डन डर्बीमा चेल्सीलाई २–० ले हराउँदै इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ। चेल्सीका गोलरक्षक माइक पेन्डर्सको आत्मघाती...

#टोटनहम
Compare →
Hamro Patro News
1w ago
क्रिस्टल प्यालेसलाई २-० ले पराजित गर्दै टोटनहम आठौं स्थानमा उक्लियो

क्रिस्टल प्यालेसलाई २-० ले पराजित गर्दै टोटनहम आठौं स्थानमा उक्लियो

काठमाण्डु – इग्लिस प्रिमियर लिगमा टोटनहमले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको छ । योसँगै टोटनहमअंक तालिकाको आठौं स्थानमा उक्लेको छ । यो जितछि टोटनहमको १२ अंक भएको छ । प्यालेस भने सात अंकमा रेल...

#टोटनहम
Compare →

Related Stories

Sports
Build #2611